नेपालगन्ज, ३० फागुन – साहु समाज बा“केले शनिबार आफ्नै कार्यालय राधाकृष्ण मन्दिर प्रा·णमा होली मिलन समारोह भब्य र सब्य रुपमा मनाएको छ ।
विशेष गरी अवधी भाषा–भाषीहरुले फागू पूर्णिमा होली पश्चात आफ्न्तजनहरुलाई भेटघाट गरी खुशी साटासाट गर्ने उद्देश्यका साथै होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका आयोजना गर्दै आईरहेका छन् ।
प्रत्येक वर्ष झै यस पटक पनि समाज समाज बा“के, साहु समाज युवा समिति बाँके, साहु समाज महिला समिति लगायतको संयुक्त आयोजनामा भब्य र सभ्य तवरले होली मिलन समारोह सम्पन्न गरेको छ ।
साहू समाज बाँकेको आयोजनामा सम्पन्न होली मिलन समारोहको प्रमुख अतिथि समाजसेवी तथा जग्गादाता माधवराम बर्माले असत्य माथि सत्यको जीतको प्रतिकको रुपमा रहेको होली समारोह विशेष गरी अवधी भाषाभाषीहरुको सँस्कार र संस्कृति झल्काउने माध्यम भएको हुँदा समेत फागू पूर्णिमा होली पश्चात होली मिलन समारोहको आयोजना गरिएको बताउनु भएको थियो ।
साहु समाज बाँकेका अध्यक्ष हंशराम साहुको सभापतित्वमा सम्पन्न होली मिलन समारोहमा रामशरण शाह, मेडईलाल साहु, हरिश साहु, ओमकार साहु, विजय साहु, नरेश साहु, कानुनी सल्लाहकार रामलाल साहु, इक्वेल नेपालका गगन साहु, पत्रकारद्वाय मधु पौडेल, चन्द्रेश्वरराज त्रिपाठी, इक्वेल नेपालका सहसचिव दिनेश साहु, बृजलाल साहुलगायतको सहभागिता रहेको थियो ।
होली मिलन समारोहको सञ्चालन साहु समाज बाँकेका सचिव प्रदीप शाहले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रेमलाल साहु, करन साहु, बाबुलाल साहुलगायतले गर्नु भएको थियो ।
होली मिलन समारोहमा अतिथिहरुले फागु पूर्णिमा होलीको महत्व तथा होली कहिलेदेखि मनाउन शुरु गरिएको बारे धार्मिक रुपमा रहिआएको मान्यताबारे जानकारी गराएका थिए । समारोहमा साहु समाजका ५० बढीको सहभागिता रहेको थियो भने अन्य आमन्त्रितहरुको समेत सहभागिता रहेको थियो ।