खजुरा, १ चैत्र – “मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने मुल नाराका साथ पालिका स्तरीय स्वास्थ्य जिवनशैली तथा अभिमुखीकरण कार्यक्रम बाँकेको खजुरामा सम्पन्न भएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले जानकारी गराइन ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकारद्धारा सञ्चालन गरिएको पालिका स्तरिय स्वास्थ्य जिवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै खजुरा गाउपालिकाका अध्यक्ष डम्मर वि.क.ले मानिसको स्वास्थ्य सबैभन्दा ठूलो रहेकोले समय मै आफ्नो स्वास्थ्यमा ख्याल पुर्याउन जरुरी रहेको बताए । आयुर्वेदको प्रयोग, ध्यान र योगले मानिसको जीवन सुखी बनाउने बताउँदै मानिसको स्वास्थ्य स्वस्थ भए मात्र अन्य काम गर्न सकिने अध्यक्ष विकले बताए ।साथै गाउँपालिकामा पनि स्वास्थ्य सम्बन्धि कार्यक्रम राखेको उनले जानकारी गराए ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले शारिरिक मानसिक र अध्यात्मिक रुपमा स्वस्थ्य हुन जरुरी रहेको बताए ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिल कुमार चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष राम गोपाल यादव, वडा नम्बर ३ का वडाअध्यक्ष पुर्णबहादुर भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष धनराम वली, वडा नम्बर ८ का वडाध्यक्ष फिरोज खाँ, वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्री, शाखा प्रमुखहरु, स्थास्थ्यकर्मि कार्यपालिका सदस्य. वरिष्ठ बैद्य सीताराम चौधरी, नागरिक आरोग्य केन्द्र खजुराका प्रमुख किरण खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्यका प्रमुख डा. चौधरीले स्वास्थ्य खानपीन र स्वास्थ्य जीवन शैली सम्बन्धि सहजीकरण गरेका थिए । यसैगरी बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज डा.गीता रेग्मीले मानसिक स्वास्थ्य रहन सकिने उपायको बारेमा प्रशिक्षण दिएकी थिइन ।
कार्यक्रममा सहभागीहरुको सुगर जाँच, व्लडप्रेसर जाँच, उचाइ अनुसारको तौल हुनुपर्ने भन्दै तौल र उचाइ नापीएको थियो ।