Thursday, November 21सत्यम खबर
Shadow

विश्वकर्माको नेतृत्वमा नाजाको बाँके शाखा, प्रदेश मन्त्री र पूर्व अध्यक्ष त्रिपाठीलाई सम्मान

सुजल त्रिपाठी
नेपालगन्ज, २७ फागुन – अवधी पत्रकार संघ नेपाल (नाजा) ले जिल्ला शाखा बाँकेको १४ औं साधारण सभा तथा बाँके जिल्ला अधिवेशन आज शनिबार सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवधी पत्रकार संघ नेपालले अवधी संस्कृति तथा पहिचानको लागि विगत १४ वर्षदेखि गर्दै आईरहेको कार्य सराहनीय भएको तथा संघलाई भवन बनाउन आफ्नो व्यक्तिगत तथा प्रदेश सरकारद्वारा सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी प्रदेश सभा सदस्य आदेश अग्रवालले समेत आफूहरु नवनिर्वाचित भईसके पश्चात सफथ ग्रहण गर्दा अवधी भाषामा नै सपथ ग्रहण गरेको तथा अवधी पत्रकार संघ नेपालले अवधी भाषालाई प्राथमिकतामा राखी गरेको कार्य सराहनीय भएको बताउनु भएको थियो । प्रदेश सांसद अग्रवालले समेत भवन निर्माणमा आफूले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी, नाजाका संस्थापक अध्यक्ष सूर्यलाल यादवले संघको विगतदेखि भएका गरेका कार्यहरु बारे सबलाई जानकारी गराउ“दै अब आउने समयमा अवधी भाषी पत्रकारहरुलाई चुस्त दुरुस्त गरी क्षमता अभिबृद्धि गर्दै कसरी लैजान सकिन्छ त्यसतर्फ नयाँ नेतृत्वको ध्यान केन्द्रित हुनु पर्ने बताएका थिए ।
अवधी पत्रकार संघ नेपालका केन्द्रिय सदस्य शिवप्रसाद पाठकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अवधी भाषी साहित्यहरु बाचन गरी उपस्थिति सम्पूर्णलाई मन्त्रमुग्ध गराएका थिए ।
कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव अहिरको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनको विशिष्ठ अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य आदेश कुमार, नेपाल टेलिभिजन कोहलपुर प्रमुख विजय बर्मा, समाजसेवी तथा जग्गादाता माधवराम बर्मा, संस्थापक अध्यक्ष सूर्यलाल यादव, पूर्व जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलगायतको सहभागिता रहेको थियो ।
यसैगरी बन्द सत्रद्वारा प्रदलाद विश्वकर्माको नेतृत्वमा ११ सदस्यीय नव निर्वाचित समिति चयन गरिएको थियो । जसको उपाध्यक्षमा सुनिता बर्मा, सचिवमा रमेश यादव, सहसचिवमा रुबि साई, कोषाध्यक्षमा असफाक जसगढ ‘संघर्ष’लाई चयन गरिएको थियो ।
यसैगरी सदस्यहरुमा क्रमशः सलामत अली शेष, समिर सल्मानी, काजल शर्मा, प्रिति पटेल, सुजल त्रिपाठी र मो. सदाब राईनीलाई चयन गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव तथा पूर्व जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव गुरमुरत यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *