Saturday, July 4सत्यम खबर
Shadow

आस्था

दक्षिण चीन सागरमा चीन र ताइवानको अवस्था गम्भीर

दक्षिण चीन सागरमा चीन र ताइवानको अवस्था गम्भीर

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – रुस र युक्रेन युद्धका बीच दक्षिण चीन सागरमा चीन र ताइवानको अवस्था गम्भीर बन्दै गएको छ । ताइवानका रक्षामन्त्री चिउ कुओ चेङले चीनको सेनाले आफ्नो क्षेत्र नजिकै रहेको ताइवानी क्षेत्रमा ‘अचानक घुसपैठ’ गर्न सक्ने र यसका लागि हामी सतर्क रहनुपर्ने बताए । ताइवान स्ट्रेटमा तनाव निकै बढेको बेला ताइवानका रक्षामन्त्रीले यस्तो चेतावनी दिएका हुन् । चीनको सेना र नौसेना लगातार ताइवानलाई धम्की दिने काममा संलग्न छन्। चिनियाँ सेनाले अहिलेसम्म ताइवान वरपर डरलाग्दो गतिविधिहरू गरेको छ तर ताइवानले कब्जा गरेको कुनै पनि क्षेत्रमा घुसपैठ गरेको छैन। तर, गत वर्ष चीनसँग जोडिएको ताइवानको टापुमा चिनियाँ ड्रोन प्रवेश गरेको थियो । ताइवानको संसदमा दिएको बयानमा रक्षामन्त्रीले भने कि चिनियाँ सेनाले ताइवानको क्षेत्रीय वायु र समुद्री क्षेत्रमा कसरी प्रवेश गर्ने बहाना खोज्न सक्छ। ताइवानले अहिले अमेरिकासँ...
पूर्वसांसद शाहको आग्रहमा अयोध्यामा ‘नेपाल हाउस’ बनाउन मुख्यमन्त्री योगीको प्रतिवद्धता

पूर्वसांसद शाहको आग्रहमा अयोध्यामा ‘नेपाल हाउस’ बनाउन मुख्यमन्त्री योगीको प्रतिवद्धता

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – नेपालकाे सिमासंग सटेकाे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीताविना अयोध्या अधुरो रहेको बताएका छन् । हिजाे भगवान रामकाे शालिग्राम जनकपुर हुदै खयाेध्या पुगिसकेपछि कांग्रेसका नेता एवं पूर्वसांसद अभिषेकप्रताप शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग लखनऊस्थित आफ्नै कार्यकक्षमा भेट गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको कालीगण्डकीबाट रामललाको प्रतिमा बनाउन ल्याइएको देवशिलाले पनि राम–सीतालाई जोडेको बताए । भेटमा मुख्यमन्त्री आदित्यनाथले राम जन्मभूमि अयोध्यामा “नेपाल हाउस” बनाउने प्रतिबद्धता व्यक्त गरेको नेता शाहले जानकारी दिए । ‘सीता माताविना अयोध्या अधुरो छ । सीतालाई समेट्ने नेपाल हो । मिथिला हो । नेपाली भक्तजनलाई समेटेर अयोध्यामा नेपाल हाउस निर्माण हुन्छ,’ मुख्यमन्त्री आदित्यनाथको भनाइ उद्धृत गर्दै नेता शाहले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलले नेपा...
नरसंहारको पक्षमा चिनियाँ नीति

नरसंहारको पक्षमा चिनियाँ नीति

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – संसार भरका मानव अधिकार पक्षधर सत्ता र मानव अधिकार विरोधी सत्ताको ध्रुवीकरण जारी छ। यसै ध्रुवीकरणको बीच चीनले पनि रुसलाई सहयोग गर्ने जनाएको छ। हात हतियारमा चीन संसारको चौंथो ठूलो देश मानिन्छ। त्यसै चीन पछिल्लो समय आफ्नै देशका नागरिकलाई न्याय दिन नसक्ने भएको छ। त्यसका थुप्रै उदाहरण छन्। सोही चिनियाँ सत्ता अहिले युक्रेनमाथिको ज्यादतीलाई बढवा दिन तल्लीन भएको छ। चीनले उपलब्ध गराउने हतियार केही उन्नत पनि सक्छन्। तर, ती हतियार र सहयोगले मात्र आत्मविश्वासी युक्रेनको पराजयको सम्भावना खासै देखिँदैन। तथापि युद्ध लम्बिने र थप क्षति हुने सम्भावना भने बढेको छ।चीनको यही कदम हत्या अझ धेरै बढी विध्वंस र क्षतिको कारण भने बन्न सक्ने छ। एक वर्ष लामो यस युद्धमा धेरै पीडाका समाचार आए। त्यहाँ पुग्ने सञ्चारकर्मीका लागि रोदनका थुप्रै कहानी छन्। खार्सेभ र डोन्सटेकजस्ता स्थानको पीडा त भनी...
मुस्ताङमा बन्न लागेको बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन : मुस्ताङ साक्या बौद्ध संघ

मुस्ताङमा बन्न लागेको बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन : मुस्ताङ साक्या बौद्ध संघ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती निकाल्दै विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको खण्डन गरेको हाे। बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको संघले प्रस्ट पारेको छ । ‘यस्ता प्रकारका समाचारले स्थानीय समुदाय, विभिन्न धर्म सम्प्रदाय तथा छिमेकी मित्र राष्ट्रका बिचसमेच कुटनितिक दरार सिर्जना गर्ने हुँदा समाचार प्रकाशित गर्नुपूर्व गम्भिरताकासाथ सोच्न समेत अनुरोध गर्छौ ।’ संघले जारी गरेको विज्ञप्तीमा भन...
जी२० सँगै नयाँ दिल्लीमा क्‍वाड विदेशमन्त्रीहरूको बैठक, झस्कियो चीन

जी२० सँगै नयाँ दिल्लीमा क्‍वाड विदेशमन्त्रीहरूको बैठक, झस्कियो चीन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – भारतले विश्वका २० ठूला औद्योगिक राष्ट्रहरूको अध्यक्षता गरेसँगै राजधानी नयाँ दिल्लीमा कूटनीतिक सरगर्मी बढेको छ। नयाँ दिल्लीमा पछिल्लो समय विश्वका शक्तिशाली राष्ट्रका विदेशमन्त्रीहरुको भेला भएको छ। हालै नयाँ दिल्लीमा सम्पन्न जी२० राष्ट्रका विदेशमन्त्रीहरुको भेलाले यी राष्ट्रका प्रतिनिधिहरूलाई उनीहरू र सम्पूर्ण विश्व समुदायको साझा चासोका धेरै मुद्दाहरूको समाधान निकाल्ने अवसर प्रदान गरेको छ। रुस र युक्रेनबीचको युद्ध अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ भने यसको तत्काल अन्त्यको सम्भावना पनि देखिएको छैन। जी२० विदेशमन्त्रीहरुको भेलामा युक्रेन युद्धको विषयलाई उठाइए पनि यसका लागि कुनै ठोस समाधानका लागि निष्कर्ष निकालिएको छैन। हालै चीनले युक्रेन र रुसबीच मध्यस्थता गर्न सहयोग गर्ने इच्छा देखाए पनि यसले खासै गति लिन सकेको छैन। मस्कोसँग बेइजिङको घनिष्ठ सम्बन्ध कम्तीमा एउटा ...
नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए । आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा नि...
मुर्ति फोड्नेमाथि कार्यवाहीको मांगसहित विरोध प्रदर्शन (फोटोफिचरसहित)

मुर्ति फोड्नेमाथि कार्यवाहीको मांगसहित विरोध प्रदर्शन (फोटोफिचरसहित)

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – फागू पूर्णिमा होली पर्व मनाउनु भन्दा एक दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका एक्लैनी, बिस्कोरियन टोलमा रहेको शिवालय मन्दिरमा तोडफोड गरिएको घटनालाई लिएर आज जानकी गाउँपालिका वडा नं. १ जोगागाउँमा विरोध प्रदर्शन गरिएको छ ।नेपाल शिवसेनाका कावा अध्यक्ष किशोर लामाको नेतृत्वमा जानकी गाउँपालिका वडा नं. १ मा रहेका नेपाल शिवसेनाका शिवसैनीकहरुले मुर्ति तोडफोड गर्न पाईन्न, हिन्दु धर्मावलम्बीहरुलाई अपमानित गर्न पाइन्न, पाकिस्तान मुर्दाबाद, मुर्ति तोडफोड गर्नेलाई कार्यवाही गर, नेपाल शिवसेना जिन्दावाद लगायतको नारा लगाउँदै साईगाउँ प्रहरी चौकीसम्म पुगि चौकी प्रमुखलाई सम्बन्धित पक्षलाई पक्राउ गरी छिटोभन्दा छिटो कार्यवाही गर्न दबाव दिएको जनाएका छन् ।जानकी गाउँपालिका वडा नंं. १ का शिवसैनीक कुलराज जैसीका अनुसार नेपाल शिवसेनाको अगुवाईमा आज मुर्ति तोडफोड गर्ने जोकोही भएपनि शक्त कार्यवाहीको मां...
मैनबत्ती बाली श्रमिक दिवस मनायाे अन्तरपार्टीले

मैनबत्ती बाली श्रमिक दिवस मनायाे अन्तरपार्टीले

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ फागुन - “लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ अन्तरपार्टी महिला संजाल बाँकेको आयोजनामा अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवश, मार्च ८को अवसरमा दिप प्रज्वलन तथा होलीमिलन कार्यक्रम सम्पन्न भएकाे छ ।अन्तरपार्टी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलद्धारा सञ्चालन गरिएको होलीमिलन तथा दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले महिलाहरु सामाजिक, आर्थिक रुपमा अब्बल बनाउनको निम्ति उपमहानगरपालिकाले आफ्ना कार्यक्रम तय गरेको बताउँदै दलित मधेशी, मुस्लिम, जनजाति सबै समुदायमा सशक्तिकरण गर्न जरुरी रहेको बताउनु भयो । प्रमुख अथिति मेयर विष्टले उपमहानगरपालिकाको बजेटले मात्र नपुगे केन्द्र र प्रदेशबाट पनि बजेट ल्याएर महिला सशक्तिकरण गर्नमा पहल गर्ने बताउनु भयो ।कार्यक्रममा सामाजिक महाशाखा प्रमुख शोभा शाहले मा...
वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदौं २०७९ सालको निर्वाचन जितेपछि वडा अध्यक्ष दीपक बर्माले छ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको २ किलोमीटर अस्फाल्ट शिलान्यास आजबाट कालोपत्रे भइ रहेको छ जानकारी वडा अध्यक्ष बर्माले गराउनुभयो ।यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको जानकारी गराउँदै वडाध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिनुका साथै अहिले वडा नं. १८ भित्र यो आर्थिक बर्षमा ११ वटा सडक कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको सडक निर्माण भइ रहेको जानकारी गराउनुका साथै केही दिनपछि थप १४ वटा सडकको निर्माण शुरु हुने बताउनु भयो ।...
हात्ती पाईले रोग निवारण औषधि सेवन गरेपछि छात्रा सिकिस्त रुपमा बिरामी

हात्ती पाईले रोग निवारण औषधि सेवन गरेपछि छात्रा सिकिस्त रुपमा बिरामी

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ फागुन – हात्तीपाईले रोग निवारण औषधि सेवन गरेपछि महेन्द्र नमूना उमावि कक्षा ४ पढ्ने १२ वर्षीय छात्रा शौभाग्यश्री गुप्ता सिकिस्त रुपमा बिरामी परेकी छन् ।उनको हाल नेपालगन्ज मेडिकल कलेज टिचिङ्ग अस्पताल, नेपालगन्ज नर्सिङ्ग होममा उपचार भई रहेको बताईएको छ । फागुन १२ गते महेन्द्र नमूना उमाविमा पुगी वडा नं. ७ का स्वास्थ्य चौकीको स्वयंसेविकाहरु अभिभावकहरुसँग कुनै प्रकार स्वीकृति नलिई हात्तीपाईले रोग निवारण औषधि ५ वटा टेवलेट खान लगाएकी थिईन । औषधि सेवा गरेपछि सो छात्रालाई रिङ्गटा लाग्न शुरु भयो, केही छिन मै उच्च ज्वरो र घाँटी समेत नराम्रोसँग सुन्नियो । स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि छात्रा शौभाग्यश्री गुप्ताका बुवा अजयकुमार गुप्ता र आमा लिला गुप्ता उपचार गराउन डा. प्रकाश नागको क्लिनिकमा पुगि छात्राको अवस्था अत्यन्त नाजुक रहेकोले छोरीलाई अस्पतालमा भर्ना गर्न डा. प्रकाश नागले सल्लाह द...