Friday, November 22सत्यम खबर
Shadow

जिल्लामा जानकी गाउँपालिका दोस्रो स्थानमा

सकिल अहमद राई
जानकी, ३० फागुन – राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान यही मिति २०७९ साल फागुन महिनाको ११ गतेदेखि हातिपाईले रोग विरुद्ध “आम औषधि सेवन कार्यक्रम” दक्ष स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरेको जानकी गाउँपालिका वडा नं.१ देखि ६ नं. सम्मका सम्पुर्ण गाउँबस्ती मै गई दुई बर्ष माथिका सम्पुर्ण व्यक्तिहरुलाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रममा बाँके जिल्ला भरीमा जानकी गाउँपालिका ८१% आम औषधि सेवन गराएर दोस्रो स्थान हासिल गरेको छ ।

बेलभार स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष चन्द्रीकाप्रशाद गुप्ता स्वयं आफै स्वास्थ्यकर्मीहरुको साथ-साथै राष्ट्रिय हातिपाइले रोग निवारण अभियान कार्यक्रममा जन समुदाय स्तरमा गएर आफ्नो जनतालाई औषधि खुवाउन हिड्नु भएको थियो । वहाँले गर्नु भएको काम सर्हानीय रहेको जनताको भनाई रहेको थियो ।

जानकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्ताले जनता सेवाको लागि दिन रात खटि घरघरमा पुगी सेवा दिई रहेको वडा नं. २ का स्थानीयहरूले बताएका छन् ।

वडाध्यक्ष गुप्ताले जनता सेवाको निम्ति काम गरिरहेका छन् । यही काममा होइन कुनै पनि काम होस्, जनताको लागि आफूलाई समर्पित गरेका छन् ।

राष्ट्रिय हातिपाईले (फाईलेरीया) रोग निवारण अभियान २०७९ आम औषधि सेवन कार्यक्रममा संस्थागत सञ्चालन गरिएको विभिन्न कार्यक्रमहरु, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १ दिने अभिमुखिकरण गोष्ठी समुदाय स्तरीय अन्तरक्रिया गोष्ठीमा सहभागी व्यक्तित्व महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वडा जनप्रतिनिधि, धार्मिक अगुवा, पुजारी, मौलवि/मौलाना, शिक्षक/शिक्षिका, सामाजिक प्ररिचालक/ परिचालिका, स्वास्थ्य चौकी व्यवस्थापन समितिको सदस्य, विद्यार्थी, औषधि सेवन गर्ने समुदायको बुद्धिजिबि व्यक्ति, आमा समुहका अध्यक्ष, सुरक्षाकर्मी, रेड्क्रस, राजनैतिक दलका अध्यक्ष एवं पदाधिकारी, पत्रकार, सामाजिक लब्धप्रतिष्ठित व्यक्ति, संघ संस्था सामुदायिक बिधालय कार्यक्रम वडा स्तरीय बैठक गरी भव्य रूपमा रहेको गरेको वडा अध्यक्ष गुप्ताले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *