Saturday, July 4सत्यम खबर
Shadow

आस्था

डुडुवामा वार्षिक परिक्षाको अनुगमन

डुडुवामा वार्षिक परिक्षाको अनुगमन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा ७ चैत – बाँके डुडुवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका करिब दुई हजारभन्दा बढी विद्यार्थीहरु सामिल भएका छन् ।डुडुवामा सामुदायिक विद्यालय १६ वटा, मदरसा १७ वटा, गुरुकुल १ वटा र बोर्डिङ्ग ९ वटा रहेका छन् । कक्षा ८ को बोर्ड परिक्षाको निरिक्षण समेत गरिएको छ । डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, शिक्षा शाखा प्रमुख कर्णलगायतको टोलीले परिक्षा सञ्चालन भईरहेको विद्यालयको निरिक्षण गर्नुभएको छ ।आज मंगलबार डुडुवा ५ डलैपुर विद्यालयमा सञ्चालित परिक्षाको अनुगमन गर्दै पालिकाका उपप्रमुख बानोले सबै विद्यालयमा मर्यादित रुपमा शान्तिपुर्वक परिक्षा भईरहेको बताउनुभयो । चैत १० गतेसम्म सञ्चालन हुने परिक्षा बिहान ८ ...
’गिरिजाबाबु’ को १३औं स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

’गिरिजाबाबु’ को १३औं स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ चैत – पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।फलफूल वितरण अघि कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले कोइराला कै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेस बीचको एकता अपरिहार्य रहेको बताउनुभयो । हमालले काँग्रेस बीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रति सच्चा सम्मान र सम्झना हुने पनि उल्...
खोप लगाउन छुटेकालाई पहिचान गरिदै

खोप लगाउन छुटेकालाई पहिचान गरिदै

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ६ चैत – बाँकेको डुडुवा गाउँपालिकामा पुर्ण खोप सुनिश्चितताका लागि रणनितिक कार्ययोजना तयार पारिएको छ ।यही चैत्र मसान्तसम्म पालिका अन्तर्गत सम्पुर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र पहिचानबाट छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित पुर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर बुढाले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिका पुर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुटने गरेका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया रहेको छ ।कार्यक्रममा वडाध्यक्षह...
ब्रिनोजको आन्तरिक बिबाद प्रशासन पुग्यो, संस्था बिरुद्ध जिल्ला प्रशासनमा उजुरी

ब्रिनोजको आन्तरिक बिबाद प्रशासन पुग्यो, संस्था बिरुद्ध जिल्ला प्रशासनमा उजुरी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र - नेपालगन्जमा क्रियाशिल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा बिबाद सृजना भएको छ । संस्थाको आन्तरिक बिबाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको छ । संस्था बिद्यान बिपरित सञ्चालन भएको, संस्था भित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा फाल्गुण १५ गते उजुरी दर्ता भएको छ ।संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले संस्थाका अध्यक्ष लगायतलाई बिपक्षि बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् ।संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको जानकारी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सी.ले दिएका छन् । दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उचो पार्नका लागि अहोरात्र खटिरहँ...
वडाध्यक्ष दीपक बर्माद्वारा थप अर्को कालोपत्रे सडक निर्माण सम्पन्न

वडाध्यक्ष दीपक बर्माद्वारा थप अर्को कालोपत्रे सडक निर्माण सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको दुई हप्ता न बित्दै थप अर्को अस्फाल्ट सडक कालोपत्रे निर्माण सम्पन्न गरिएको छ ।नेपालगन्ज वडा नं. १८ को भाटभटेनीदेखि पश्चिम् रहेको श्री नगर टोलमा स्थानीय तहको बजेटबाट रु ४० लाख ५६ हजारको लागतमा २७० मीटर अस्फाल्ट कालोपत्रे सडक निर्माण सम्पन्न भएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो ।यस आर्थिक बर्षमा हालसम्म वडा नं. १८ मा १२ वटा सडक निर्माण सम्पन्न भइ सकेको छ । ३ वटा टोलमा थप कालो पत्रे, पी.सी.सी तथा आर सी सी नाला सहित माटो ग्राबेलको कार्य जारी रहेको वडाध्यक्ष बर्माले बताउनुभयो ।पुर्वाधार संगै शिक्षा, कृषि, स्वास्थ्य, बिपन्न बस्तिमा धारा जडान, सोलार, मन्दिर, मदरसा श्मशान घाट, साईबर क्राईम, लक्षित कार्यक्रम लगायतको कार्य समेत सम्पन्न हुने अध्यक्ष बर्माले बताउनु भयो ।...
कक्षा ८ को परिक्षा शुरु

कक्षा ८ को परिक्षा शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज उपमहानगरपालिकामा आजदेखि आधारभूत तह कक्षा ८ को परिक्षा सुरु भएको छ । १२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् ।नगरका २५ सामुदायिक र ५३ संस्थागत गरी ७८ विद्यालय सहभागी परीक्षा चैत १३ गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा लिइएको छ ।सबै परीक्षा केन्द्रहरुको विहान अनुगमन पनि गरिएको थापाले बताउनुभयो । नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, महाशाखा प्रमुख थापा, शिक्षा समिति सम्बद्ध लगायतले परीक्षा केन्द्रहरुमा पुगी अनुगमन गर्नु भएको थियो ।पहिलो दिनको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थापाले जानकारी दिनुभयो । परीक्षाला...
कोभिडबाट चीनमा कति मान्छे मरे ?

कोभिडबाट चीनमा कति मान्छे मरे ?

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ चैत्र – शून्य कोभिड नीति परित्याग गरेको डिसेम्बरको सुरुवातदेखि हालसम्म ८० प्रतिशतभन्दा बढी जनसंख्या कोभिड– १९ बाट संक्रमित भइसकेको भन्दै चीन सरकारले ‘भाइरसमाथि ‘निर्णायक विजय’ हासिल भएको घोषणा गरेको छ । महामारी सुरु भएयता कोभिडका कारण मृत्यु हुनेको संख्या आधिकारिक रूपमा ८७ हजार चारसय ६८ अर्थात् चिनियाँ जनसंख्याको ०.००६ प्रतिशत मात्रै रहेको छ । आधिकारिक संख्या मृत्युको वास्तविक संख्याभन्दा उल्लेखनीय रूपमा नै कम भएकोमा शंका छैन । चिकित्सकहरूलाई मृत्युको प्रमाणपत्रमा कोभिड उल्लेख नगर्न भनिएको थियो भने घरमा भएका मृत्युलाई पनि कोभिडबाट भएका मृत्युको सूचीमा समावेश गरिएको छैन । अस्पताल र समाधिस्थलमा देखिएका भिडका रिपोर्टले पनि मृत्युको संख्या आधिकारिक आँकडाभन्दा निकै बढी रहेको संकेत गर्छन् । संक्रमणको पछिल्लो लहरको वास्तविक प्रभाव अनुमान गर्न द इकोनोमिस्टले मृत्युको विश्वसनीय स...
बेल्जियमले चीनीया टिकटक चलाउन प्रतिबन्ध लगायाे

बेल्जियमले चीनीया टिकटक चलाउन प्रतिबन्ध लगायाे

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ चैत्र – बेल्जियममा सरकारी कार्यालयहरुमा प्रयोग गरिने मोवाइलमा रहेका चाइनिज एपलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले शुक्रबार संघीय सरकारका कर्मचारीहरूलाई आफ्नो कामको फोनमा टिकटक प्रयोग गर्न अनुमति नदिने घोषणा गरेका हुन् ।“हाम्रो जानकारीको सुरक्षा प्रबल हुनैपर्छ,” क्रोले भने, टिकटकले जोखिम खडा गर्छ किनभने यसको मूल बाइटडान्स चीनसँग सहयोग गर्न आवश्यक छ । अमेरिका, ईयू र क्यानडाले पहिले नै सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाइ सकेका छन् ।...
जापानको ऋण सहयोगमा भारतको मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने

जापानको ऋण सहयोगमा भारतको मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ चैत्र – भारतको पूर्वोत्तर राज्य मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । जापान सरकारका ऋण सहयोगमा भारतले मिजोरममा क्यान्सर अनुसन्धान केन्द्रको स्थापना गर्न लागेको हो । भारतको केन्द्र सरकार र जापान सरकारबीच मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना गर्ने ऋण सम्झौतामा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । एएनआईका अनुसार जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) को आर्थिक सहयोगमा निर्माण लागिएको उक्त क्यान्सर केन्द्रको अनुमानित लागत ७ अर्ब भारतीय रुपैयाँ रहेको छ । मिजोरम राज्यको ऐजवालस्थित जेम्बाक क्षेत्रमा उक्त केन्द्र निर्माण गर्ने प्रस्ताव गरिएको छ । जनसङ्ख्याका आधारमा मिजोरम राज्यमा क्यान्सर रोगका पीडित अधिक रहेको बताइएको छ । तस्वीर- एएनआई...
नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण

नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ चैत्र – सुरक्षा निकायका प्रमुखहरूले पाँचथरको भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे निरीक्षण गरे। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिए। सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो। यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय ...