Wednesday, November 20सत्यम खबर
Shadow

चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम होः विवेक रामास्वामी

काठमाण्डौ, २५ फागुन – चीन अझै कोभिड १९ महामारीको विश्वको सबैभन्दा जोखिममा रहेको अमेरिकी राष्ट्रपति पदको उम्मेदवार विवेक रामास्वामीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार विवेक रामास्वामीले कोभिड–१९ महामारीको मूल कारणमा पुग्नेतर्फ अमेरिकी प्रशासनको “थोरै चासो“ को कारण आलोचना गरेका हुन् ।
“चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम हो । यदि हामीले कदम चालेनौं भने, भविष्यमा अझ नराम्रो आशा गरौं,“ उनले ट्वीट गरे ।
उल्लेखनीय छ, रामास्वामीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकी कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *