Saturday, July 4सत्यम खबर
Shadow

आस्था

पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताए । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।फाइल तस्बिर...
श्री माध्यमिक बिद्यालय जोगागाउँकाे बिद्यार्थी भर्ना अभियान शुरु

श्री माध्यमिक बिद्यालय जोगागाउँकाे बिद्यार्थी भर्ना अभियान शुरु

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ३ बैशाख - जानकी वैशाख ३ गते बाँकेको जानकी गाउँपालिका वडा नं २ मा स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।बिद्यालयका प्रधानाध्यापक मो आलमीन राईका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो । सबै बालबालिकालाई बिद्यालय ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान सञ्चालन गरिएको छ । भर्ना अभियानका क्रममा बिद्यालयले १ देखि ९ कक्षासम्म अध्ययन गर्ने आफ्ना बालबालिकालाई समयमै बिद्यालयमा भर्ना गर्न अभिभावक तथा परिवारलाई अनुरोध गरिएको प्राधानाध्यापक राईले बताउनुभयो । माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन गरिरहेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा सञ्चालन तथा बिषयगत शिक्षकहरुको व्यवस्था रहेको प्रअ राईले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षण कार्यका ला...
जानकीमा नयाँ वर्ष तथा ईद मिलनको शुभकामना आदान-प्रदान

जानकीमा नयाँ वर्ष तथा ईद मिलनको शुभकामना आदान-प्रदान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
सकिल अहमद राईजानकी, २ बैशाख - बाँकेको जानकी गाउँपालिकाले नयाँ वर्ष २०८० तथा ईद मिलनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।गाउँपालिका कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य बाद्शाह कुर्मीले आफु पनि ३ नम्वर क्षेत्रबाट निर्वाचित भएको र जानकी गाउँपालिका पनि सोही क्षेत्रमा नै पर्ने भएकोले शिक्षा, स्वास्थ्य, कृषि र सडक बाटोको जेजती गर्नुपर्ने सहयोग हुन्छ लुम्विनी प्रदेश सरकारबाट र व्यक्तीगत तर्फबाट गर्नुपर्ने बताए ।कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले पुराना कुरालाई बिर्सेर नयाँ वर्षमा नयाँ काम थाल्नुपर्ने बताए। साथै खाँले जानकी गाउँपालिकालाई उत्कृष्ट बनाउन नयाँ वर्ष २०८० ले सबै जना लाग्न प्रेरणा मिल्ने उनको विश्वास छ ।कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकुत सिँहराज डाँगी, प्रवक्ता टिकानाथ यादव, वडा नम्वर ६ का अध...
शिवसेनाद्वारा शुभकामना आदान-प्रदान

शिवसेनाद्वारा शुभकामना आदान-प्रदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ बैशाख - नेपाल शिवसेनाले शुक्रबार नेपालगन्ज बागेश्वरी पार्कमा नयाँ बर्ष वि.स २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सभापति नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामा, प्रमुख अथितिमा डा जनार्दन आचार्य, अतिथिमा डा. विनोद कर्ण, मनोज श्रेष्ठ, राजकुमार रोैनियार, कृष्णा पाण्डे, राजुमान आर्य, सुरेन्द्र बाडिया, अनुप बैश्य, दिपेश सिंह, बिरेन्द्र गहतराज, रबि बर्मा, राजकुमार आर्य, अनिल, बिजय गुरुङ, जितेन्द्र लोध, राजुमान श्रेष्ठ, धनधारी पाण्डे, लगायत नेपाल शिवसेनाका सम्पुर्ण शिवसैनिक हरुको उपस्थिति रहेको थियो ।नयाँ बर्ष शुभकामना आदानप्रदान सँगसँगै नेपाल शिवसेनाको परिचय, हिन्दू एकताबद्ध, हिन्दू राष्ट्र, हिन्दु माथि हुने विभेद, शिव शैनिक एकाबद्धता ॐकार परिवार एक होैं जस्ता बिसयमा अधिकाम्स बक्ताहरुको भनाई रहेको थियो भने नेपाल शिवसेनाका निवर्तमान केन्द्रीय अध्यक्ष...
आश्रमको सहयोगार्थ बुलाकी´ च्यारिटी हुने

आश्रमको सहयोगार्थ बुलाकी´ च्यारिटी हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ चैत - नेपाली भाषाको चलचित्रबुलाकी´ भोलि बिहिवार नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि क्यु एफ एक्स´ बागेश्वरी हलमा बिहान ८:१५ बजे कलाकारका साथमा च्यारिटी शो हुने भएको छ । लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरुक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गते देखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि १ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन । उताबुलाकी´ फिल्मका मुख्य कलाकार सुरुक्षा पन्त, नरेन खण्डका र बिराज बिस्टको टिम भोलि बिहानै च्यारटी शो मा सँगै बसेर चलचित्र बुलाकी हेर्ने निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।सहयोगार्थ...
जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर

जानकी ३ मा निःशुल्क स्वास्थ्य शिविर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २९ चैत - बाँकेको जानकी गाउँपालिकामा बुधवार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जनाले सेवा लिएका छन् । जानकी गाउँपालिका वडा नम्बर ३ स्थित इन्द्रपुर स्वास्थ्य चौकीमा भएको शिविरमा २४३ जना महिला र ८२ जना पुरुषले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।१०० भन्दा बढी महिलाहरुको पाठेघर परीक्षण गरिएकोमा ४ जनाको पाठेघर खसेको भेटिएको र ३५ जना महिलाको पाठेघरमा सङ्क्रमण भएको पाइएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तमलाल बेल्वासेले जानकारी दिए । कान्ती आरोग्य अस्पताल प्रा. ली. को प्राविधिक सहयोगमा शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गरेका थिए ।नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का सांसद किशोरसिंह राठौरको पहलमा पाठेघर मुखको क्यान्सर परीक्षण तथा जनरल स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कान्ति आरोग्य अस्पतालको प्राविधिक सहयोगमा जानकी गाउँप...
नेपालगन्जमा सडक व्यवसायीलाई सचेतना तालिम

नेपालगन्जमा सडक व्यवसायीलाई सचेतना तालिम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ चैत - बाँकेको नेपालगन्जमा पहिलोपटक सडकमा व्यवसायी गर्ने साना व्यवसायीहरुलाई सचेतना तालिम दिइएको छ । नेपाली उपभोक्ता संरक्षण महाशाखा जिल्ला कार्यसमिति बाँकेले ठेला तथा सडकमा आश्रित रहेर व्यवसाय गरिरहेका व्यवसायीहरूलाई १ दिने तालिम दिइएको वरिष्ठ उपाध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् ।‘विशेष गरेर हामीले सडक छेउछाउमा खानाका परिकार बिक्री गर्ने साना व्यवसायीलाई तालिम दिएका हौं,’ मगरले भनिन्, ‘उहाँहरुलाई कसरी व्यवसाय सञ्चालन गर्ने र स्वच्छ र गुणस्तर सेवा कसरी दिने भन्ने बारेमा तालिम दिएका हौं ।’उपभोक्ता संरक्षणले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बुधबार ३० जनाभन्दा बढी साना व्यवसायीहरूलार्ई तालिम दिएको हो । विशेष गरेर उनीहरुले उपभोक्तालाई कसरी स्वास्थ्य खाना बिक्री गर्न सक्छन् भनेर तालिममा सिकाइएको जिल्ला कार्यसमितिका अध्यक्ष विनोद कर्णले बताए ।‘हाम्रो लक्ष्य भनेको कसरी...
नेपालका सन्त दीन दयालजी महाराजलाई भारतमा सम्मान

नेपालका सन्त दीन दयालजी महाराजलाई भारतमा सम्मान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ चैत – नेपालका प्रसिद्ध महात्मा सन्तश्री दीन दयालजी महाराजलाई भारतको नयाँ दिल्लीमा सम्मान गरिएको छ । उहाँलाई भारतको प्रसिद्ध र्धािर्मक प्रतिष्ठान पशुपति अखाडाद्वारा “धर्माचार्य” पदबाट विभूषित गरी हालै सम्मान गरिएको हो ।उहाँलाई विशेष धार्मिक कार्यक्रममा प्रदान गरिएको सम्मान पत्रमा बाल्यकालदेखि नै नेपाल भित्र र अन्य मुलुकमा पनि सनातन धर्मको श्रीवृद्धि र उन्नयनका लागि निरन्तर सेवारत सन्तश्री दीन दयाल प्रतिष्ठानका संस्थापक तथा संरक्षक सन्तश्री दीन दयालजी महाराज वैदिक ऋषि परम्परा, सनातन धर्म, सनातन संस्कृति र पश्चिम नेपालको नेपालगन्ज खजुरामा स्थापित क्यान्सर अस्पतालका संकल्पकर्ता तथा संरक्षक लगायत अनेकौं मठमन्दिरका समेत संरक्षक रही सेवा गर्नु भएको उल्लेख गरिएको छ ।सो सम्मानमा उहाँको हिन्दू धर्म प्रतिको अथाह निष्ठा तथा मानव सेवाको कदर गर्दै “धर्माचार्य” को पदबाट विभूषित गरिएको छ भन्...
मृत्तिका–कला कार्यशाला, ढाका

मृत्तिका–कला कार्यशाला, ढाका

आस्था, कला/साहित्य, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
– नगेन्द्र प्र. पौड्यालमितिः २०७९ साल चैत २७ गते, सोमबार (संस्मरण)हामी होटल क्वालिटी ईन, गुल्सन २ बाट यन्त्रगाडी चढेर मीरपुर हिड्यौं । हामी लोक चित्रकार एस सी सुमन, मूर्तिकार–चित्रकार अनुराधा थापा, सामयिक कलाकार रामपुजन ठाकुर र होनहार पौभा चित्रकार उजय बज्राचार्य थियौं । मैले टोली भित्रका छविकार विकाश रौनियारलाई सम्झिएँ । यसो त विदा लिएरै उनी कलकत्ता तर्फ मोडिईसकेका थिए । सबै आआफ्ना विषयका स्थापित प्रतिभाहरू । अत्यन्त सन्तुलित समूह संयोजन । अरू पनि र स्थानिय थिए । यस आयोजनाको नायक सलाहुद्दिन कुटु, उनका मित्र महम्मद अमिनुर रहमान, सहयोगी रिङ्कु र गाडि चालक आदि ।गाडीभरि चित्रकार सुमन के के हो गमिरहेका थिए । सुमन नेपालमा मुलतः मिथिला लोक चित्रकलाका नायक प्रतिभाका रूपमा चिनिन्छन् । केही वर्षयता सुमन लेखन तर्फपनि खिचिएका छन् । आजको सन्दर्भ भने अलि फरक थियो । यिनी सायद यहि गम्दै थिए कि आज के वा क...
उपमहानगरद्वारा इ–रिक्सा दर्ताका लागि अन्तिम समय

उपमहानगरद्वारा इ–रिक्सा दर्ताका लागि अन्तिम समय

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ चैत – नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ–रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक १५ दिनको समयसीमा तोकेर दर्ता गर्नका लागि आह्वान गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाहरुबीच जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट इ–रिक्साहरुलाई दर्ता प्रक्रियामा ल्याई प्रभावकारी नियमन गर्ने निर्णय भएको हो ।इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्ट्याउने लगायतका विषयमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो । नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति हुँदा जोडिएका साविकका गाविसमा यसअघि दर्ता भएका इ–रिक्सालाई पनि पुनः दर्ता गर्ने तर अन्य पालिकामा दर्ता भएकाल...