Friday, May 1सत्यम खबर
Shadow

जानकीमा नयाँ वर्ष तथा ईद मिलनको शुभकामना आदान-प्रदान

सकिल अहमद राई
जानकी, २ बैशाख – बाँकेको जानकी गाउँपालिकाले नयाँ वर्ष २०८० तथा ईद मिलनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
गाउँपालिका कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य बाद्शाह कुर्मीले आफु पनि ३ नम्वर क्षेत्रबाट निर्वाचित भएको र जानकी गाउँपालिका पनि सोही क्षेत्रमा नै पर्ने भएकोले शिक्षा, स्वास्थ्य, कृषि र सडक बाटोको जेजती गर्नुपर्ने सहयोग हुन्छ लुम्विनी प्रदेश सरकारबाट र व्यक्तीगत तर्फबाट गर्नुपर्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले पुराना कुरालाई बिर्सेर नयाँ वर्षमा नयाँ काम थाल्नुपर्ने बताए। साथै खाँले जानकी गाउँपालिकालाई उत्कृष्ट बनाउन नयाँ वर्ष २०८० ले सबै जना लाग्न प्रेरणा मिल्ने उनको विश्वास छ ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकुत सिँहराज डाँगी, प्रवक्ता टिकानाथ यादव, वडा नम्वर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, वडा नम्वर ४ का अध्यक्ष रमेश कुमार वर्मा, वडा नम्वर ३ का सदस्य उमेशकुमार कुर्मी, कार्यपालिका सदस्य राम आचल धोवी, शिक्षकहरु, विभिन्न राजनितिक दलका नेताहरु लगायतले आ आफनो धारण राखेका थिए । कार्यक्रममा पालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *