Thursday, April 30सत्यम खबर
Shadow

श्री माध्यमिक बिद्यालय जोगागाउँकाे बिद्यार्थी भर्ना अभियान शुरु

सकिल अहमद राई
जानकी, ३ बैशाख – जानकी वैशाख ३ गते बाँकेको जानकी गाउँपालिका वडा नं २ मा स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँले बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक मो आलमीन राईका अनुसार सरकारले तोकेको मितिदेखि बिद्यालयमा भर्ना अभियान शुरु भएको हो । सबै बालबालिकालाई बिद्यालय ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ यस वर्षको भर्ना अभियान सञ्चालन गरिएको छ ।

भर्ना अभियानका क्रममा बिद्यालयले १ देखि ९ कक्षासम्म अध्ययन गर्ने आफ्ना बालबालिकालाई समयमै बिद्यालयमा भर्ना गर्न अभिभावक तथा परिवारलाई अनुरोध गरिएको प्राधानाध्यापक राईले बताउनुभयो ।

माध्यमिक कक्षासम्मको अध्ययन अध्यापन गरिरहेको बिद्यालयले अनुभवी प्रअ र शिक्षकहरुमार्फत कक्षा सञ्चालन तथा बिषयगत शिक्षकहरुको व्यवस्था रहेको प्रअ राईले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षण कार्यका लागि बिद्यालयले कम्प्यूटर कक्ष, खेलकुद, प्रयाप्त शैक्षिक सामाग्री, भौतिक पूर्वाधार सम्पन्न, खानेपानी र धाराको व्यवस्था, छात्र र छात्रा शौचालयका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था भएको, १ देखि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था रहेको छ ।

यस्तै गरिब, जेहेन्दार, जनजाती र दलित छात्र, छात्राहरुलाई छात्रबृतिको व्यवस्था, प्रत्येक वर्ष शैक्षिक भ्रमण गराउनुका साथै बिद्यालयमै इन्टरनेट सुबिधासहित र बालमैत्री व्यवहारमार्फत पठन पाठन संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *