
नेपालगन्ज, १ बैशाख – नेपाल शिवसेनाले शुक्रबार नेपालगन्ज बागेश्वरी पार्कमा नयाँ बर्ष वि.स २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सभापति नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष किशोर लामा, प्रमुख अथितिमा डा जनार्दन आचार्य, अतिथिमा डा. विनोद कर्ण, मनोज श्रेष्ठ, राजकुमार रोैनियार, कृष्णा पाण्डे, राजुमान आर्य, सुरेन्द्र बाडिया, अनुप बैश्य, दिपेश सिंह, बिरेन्द्र गहतराज, रबि बर्मा, राजकुमार आर्य, अनिल, बिजय गुरुङ, जितेन्द्र लोध, राजुमान श्रेष्ठ, धनधारी पाण्डे, लगायत नेपाल शिवसेनाका सम्पुर्ण शिवसैनिक हरुको उपस्थिति रहेको थियो ।
नयाँ बर्ष शुभकामना आदानप्रदान सँगसँगै नेपाल शिवसेनाको परिचय, हिन्दू एकताबद्ध, हिन्दू राष्ट्र, हिन्दु माथि हुने विभेद, शिव शैनिक एकाबद्धता ॐकार परिवार एक होैं जस्ता बिसयमा अधिकाम्स बक्ताहरुको भनाई रहेको थियो भने नेपाल शिवसेनाका निवर्तमान केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठ र राजकुमार रोैनियारलाई मायाको चिनो सहित सम्मान गरिएको थियोे ।
शुभकामना कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिवसेनाका केन्द्रीय सदस्य राजेशकुमार यादव दिएका थिए भने, नेपाल शिवसेनाको परिचय नेपाल शिवसेनाका केन्द्रीय सचिव शेर बहादुर शाहीले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव मंगल जिएमले गरेका थिए ।
