Saturday, July 4सत्यम खबर
Shadow

आस्था

कर्मचारी मिलन केन्द्रबाट नववर्षको शुभकामना तथा भित्ते पात्रो बिमोचन

कर्मचारी मिलन केन्द्रबाट नववर्षको शुभकामना तथा भित्ते पात्रो बिमोचन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ बैशाख – कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा बैसाख ५ गते मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा नव वर्ष २०८० को शुभकामना आदान–प्रदान, २०८० को भित्तेपात्रो बिमोचन तथा बाँकेमा आउने नयाँ कर्मचारीहरुको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।कर्मचारी मिलन केन्द्र बाँके अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका माननीय न्यायधीश भानुभक्त शर्मा न्यौपाने, बिशेष अतिथीमा बाँके जिल्ला अदालतका माननीय न्यायधीश धनसिंह महरा, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, ४ नं बाहिनीपती सहायक रथी प्रकाश थापा रहनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी तथा बिशेष अतिथीले कर्मचारी मिलन केन्द्रबाट प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन गर्नुका साथै बाँकेमा भर्खरै आउनु भएका ४ नं वाहिनीपती सहायक रथी प्रकाश थापालाई...
नेपालीद्वारा चिनिया सडक परियोजनाको विरोध

नेपालीद्वारा चिनिया सडक परियोजनाको विरोध

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ बैशाख – नेपालको मुग्लिनदेखि पोखरासम्म निर्माणाधिन सडक क्षेत्रमा चिनीया इन्जिनियरमाथि नेपाली नागरिकद्वारा हातापाई भएको घटनाले एउटा सांकेतिक विद्रोहको दनक दिएको छ । नेपालमा बनाईने कैयन नयाँ परियोजनाहरु चीनले अनेक किसिमका हतकण्डा अपनाई त्यसको ठेक्का–पट्टा आफ्नो हातमा पार्ने गरेको पाईन्छ ।यस्तै घटनाहरु मध्ये एक हो मुग्लिन–पोखरा सडक परियोजना । यस परियोजना अन्तर्गत बाटो फराकिलो बनाउने निहँुमा स्थानिय बासिन्दाहरुलाई अनावश्यक रुपमा दुःख दिनु, अभद्रताका साथ व्यवहार गर्नु आदिले नेपाली स्थानीय जनमानस चीनको प्रति धेरै सक्त बनेका छन् । यस विषयको सामान्य बिरोध जनाउँदा चीनका इन्जिनियरले अभद्र व्यवहार देखाए पश्चात केही बादविवाद भएको हो ।तर यस्ता झिना मसिना घटनालाई सन्दर्भ बनाएर चीनको “चाइना कम्यूनिकेशन कन्सट्रक्सन कम्पनी लिमिटेड” ले गत २४ मार्ग २०२३ मा नेपालका पूर्वाधार मन्त्री नारायण काजी श्...
वर्ष २०७९, कला–केन्द्र, कलाकार र गतिविधिहरू

वर्ष २०७९, कला–केन्द्र, कलाकार र गतिविधिहरू

आस्था, कला/साहित्य, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मितिः २०८० बैशाख ६ गते, बुधबार (संस्मरण) – नगेन्द्र प्र.पौड्याल(ललितकला अध्येता) सधैका वर्षहरूमा झैं भर्खरै समाप्त भएको बिक्रम सम्बतीय वर्ष २०७९ मा पनि नेपालको ललितकलाका क्षेत्रमा विभिन्न गतिविधिहरू सम्पन्न गरिए । ततस्थानिय समेतका विभिन्न कला कार्यशाला, कला प्रदर्शनीहरू, कला विषयक छलफल, गोष्ठी, कलाजन्य भ्रमण र प्रत्येक चारवर्षमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पदाधिकारीका निमित्त नियुक्त गरिनुपर्ने पदाधिकारीहरूको नियुक्तिका कामहरू पनि गरिए । जे जो गरिनु पर्ने बोध र कर्तब्य जसजसमा रह्यो, आआफ्नै कार्याधिकार र गच्छे अनुसारका गतिविधिहरूमा सम्बन्धित क्षेत्र लागिपर्यो । सरसर्ति हेर्दा अन्य वर्षहरूमा झैं वर्ष २०७९ मा पनि थुप्रै ललितकर्मीहरू र ललितकला संघ संस्थाहरू, कला दीर्घाहरू नेपाल कला परिषद्, बबरमहल, तारागाउँ संग्राहलय, बौध्द, सिध्दार्थ आर्ट ग्यालरी, बबरमहल, नेपाल ललितकला प्रज्ञा–प...
‘शतप्रतिशत खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य’

‘शतप्रतिशत खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य’

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुजल त्रिपाठीनेपालगन्ज, ५ बैशाख – बाल बालिकाहरुलाई विभिन्न रोगबाट बचाउन तथा स्वास्थ राख्न नेपाल सरकारद्वारा सर्वसाधारण गरिबी बालबालिकाहरुको लागि निःशुल्क १३ प्रकारको खोप उपलब्ध गराउँदै आईरहेको छ ।उक्त खोप विदेशी संस्था गा.वि.ले नेपाल सरकारलाई हालसम्म निःशुल्क उपलब्ध गराएपनि त्यसको प्रतिशतबाट सन्तुष्ट नभएपछि सामुदायिक स्तरमा अझ प्रभावकारी तवरले खोप लाग्ने गरी स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी खोप लगाउनबाट छुटेका ५ वर्ष मुनिका बालबालिकाहरुलाई पहिचान गरी यही बैशाख ६ गते बुधबार पूर्ण खोप लगाउने कार्यक्रम रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको स्वास्थ्य चौकीद्वारा जानकारी गराईएको छ ।वडा नं. ६ का सर्वसाधारणहरुलाई खोप लगाउन अभिप्रेरित गराउने उद्देश्यका साथ शहरी स्वास्थ्य केन्द्र ६ ले पूर्ण खोप दिगोपनाको लागि सरोकारवालाहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।उक्त अन्त...
दोक्लाम मामिलामा चीनले भुटानलाई दबाब दिएको खुलासा, भारत उभियो थिम्पुको साथमा

दोक्लाम मामिलामा चीनले भुटानलाई दबाब दिएको खुलासा, भारत उभियो थिम्पुको साथमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – त्रिदेशीय बिन्दु दोक्लाममा भारतको अडानले पछि हट्न बाध्य चीनले भुटानलाई भने चर्को दबाब दिएको खुलेको छ । दोक्लाम भारत, चीन र भुटानको त्रिदेशीय सीमा हो । जहाँ भारत र चीन आमनेसामने भएका थिए । पुरै क्षेत्र कब्जा गर्न आएको चीन पछि हटेको थियो । सडक निर्माणबाट पछि हटेको थियो ।भारतको नयाँदिल्लीस्थित विदेश नीति ‘थिङ्क ट्याङ्क’ रेड ल्यान्टर्न एनालिटिकाले आफ्नो अनुसन्धान प्रतिवेदनमार्फत भुटानलाई डोक्लाममा आफ्नो अडान परिवर्तन गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले चर्को दबाब खुलासा गरेको हो ।मैत्रीसन्धिलगायत सम्झौताअन्तर्गत आफ्नो परराष्ट्र नीतिमा भारतसँग समन्वय र सहकार्य गर्न राजी भएको भुटानलाई आफ्नो अडान परिवर्तन गर्न सीसीपीले चर्को दबाब दिइरहेको तथा भुटानका प्रधानमन्त्री लाटे छिरिङले विवादमा भारत, चीन र भुटानको समान सरोकार रहेकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा जोड दिएको प्रतिवे...
चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

चीनलाई आतंकबादीहरुको तनाव शुरु सिन्ज्याङमा बिद्रोह हुने अनुमान

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – चीनले अफगानिस्तानमा आतंकवादको आक्रमणले स्थिति खराब हुँदै गएको र तालिबान शासकहरूले छिमेकी देशहरू विशेष गरी पाकिस्तानका लागि समस्या निम्त्याउने आतङ्ककारी समूहहरूमाथि कारबाही गर्ने आफ्नो संकल्प पूरा गर्नुपर्ने बताएको छ। आतंकवादी समुह टीटिपीको बारम्बार आक्रमणबाट पाकिस्तान चिन्तित छ ।इस्लामाबादले यो समूहले अफगान भूमिबाट आफ्नो गतिविधि गरिरहेको आरोप लगाएको छ। अगस्ट २०२१ मा अफगानिस्तान कब्जा गरेपछि चीनले तालिबानलाई समर्थन गर्दै आएको छ। चीनले तालिवानको सहयोगमा सिनजियाङ प्रान्तमा सक्रिय आतंककारीलाई कारबाही गर्न सक्ने आशा गरेको थियोे । अहिले जसरी अफगानिस्तानमा आतंककारीले पाकिस्तान भित्र हमला गरि रहेको देखदा चीनलाई उईगर मुस्लिमहरुको बिद्रोह हुने शंका हुन थालेको बताएको छ ।उज्बेकिस्तानको समरकन्दमा आयोजित अफगानिस्तानका छिमेकी राष्ट्रहरूको सम्मेलनको अध्यक्षता गरेपछि चिनियाँ विदेशमन्त्...
‘चीनको पासोमा नेपालकाे अर्थतन्त्र ‘

‘चीनको पासोमा नेपालकाे अर्थतन्त्र ‘

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
हाेउ यन्छीको उतराधिकारीका रूपमा नेपालमा तैनाथ चिनीया राजदूत चेन साेङ्गको हालैमा भएको नेपालको परराष्ट्र मन्त्रि डा.बिमला राई पौडेलसंगकाे शिष्टचार भेटघाटले कैयाैं विषयहरू उजागार गरेको छ। चीन नेपालमा एक चीन निति (one china policy) को प्रत्याभूतिलाई उच्च महत्वका साथ अघि बढाउंदा नेपाललाई आर्थिक भार बोकाउनमा उद्भुत भएको तथ्य त सार्वजनिक छ नै , यस भेटमा पनि चेन साेंङ्गले नेपाली विदेश मन्त्री समक्ष भएका नेपाल-चीन सम्झौताहरूको कार्यन्वयनप्रति जोड़ दिएकाे चीन आफ्ना मुद्दा प्रति नेपालमा अति सक्रिय रूपले क्रियाशील छ भन्ने विषयलाई उजागार गरेको छ।चर्काे ऋणमा निर्माण भएकाे पोखरा विमानस्थल बिआरआई कै कार्यक्रम हाे भनी सार्वजनिक गरेका राजदुत चेन साेङ्गकाे विवादित बयान समाजिक संजाल तातेकाे थियाे । बिमानस्थललाई कोशे ढुंगाको रूपमा व्याख्या गर्दै नेपालको मौलिक जड़ीबुटी माथि आफ्नो अधिपत्य जमाउनका लागि चीनले नेपालल...
भारतको अर्थतन्त्र थप बलियो बन्दै, आईएमएफले गर्‍यो यस्तो प्रक्षेपण

भारतको अर्थतन्त्र थप बलियो बन्दै, आईएमएफले गर्‍यो यस्तो प्रक्षेपण

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको बताएको छ।आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस-युक्रेन युद्ध तथा कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा छिटो अर्थतन्त्र सुधार्ने मुलुक बन्दै गइरहेको जनाएको छ।आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३-२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ। आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रूत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ।चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अ...
इसाई धर्म प्रचारमा संलग्न कोरियाली नागरिक निष्काशित, नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

इसाई धर्म प्रचारमा संलग्न कोरियाली नागरिक निष्काशित, नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – गृह मन्त्रालयले इसाई धर्म प्रचार/प्रसारमा संलग्न भएको आरोपमा एक दक्षिण कोरियाली नागरिकलाई निष्काशन गरेको छ। पछिल्लो पटक उनी पर्यटक भिसामा नेपाल बस्दै आएका थिए।अध्यागमन विभागमा इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै लीविरुद्ध उजुरी परेको थियो। लगत्तै विभागले छानविन सुरु गरेको थियो।अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले इसाई धर्म प्रचार/प्रसार गरेको पाइएपछि कोरियाली नागरिक लीलाई निष्काशन गरिएको बताए।महानिर्देशक अधिकारीले अन्नपूर्णसँग भने, ‘ती कोरियाली नागरिकले भिसाको दुरुपयोग गरेको पाइयो। जे उद्देश्यले भिसा लिएको हो सोही बमोजिम नेपाल बस्नुपर्छ।’गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको‘सचिवस्तरीय’ निर्णयले दक्षिण कोरियाली नागरिक युन हो लीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो। अध्यागमन विभागले लीलाई सोमबार साँझ कोरियन एयरको जहाजबाट सिओल पठाएको छ।...
चीनमा मुस्लिम धर्मावलम्बीकाे संस्कृतिमाथि दमन , राेजा इफ्तारि समेतमा हस्तक्षेप राेक्नुपर्छ : जसपा नेता पठान

चीनमा मुस्लिम धर्मावलम्बीकाे संस्कृतिमाथि दमन , राेजा इफ्तारि समेतमा हस्तक्षेप राेक्नुपर्छ : जसपा नेता पठान

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
कपिलवस्तु, ३ बैशाख – चीनमा बसाेबस गर्ने मुस्लिम धर्मावलम्बीमाथि दमन बढेकाले राेजा इफ्तारिसमेतमा हस्तक्षेप भईरहेकाे निन्दनीय कार्य राेक्नुपर्ने जसपा नेता अब्दुल रहमान पठानले आग्रह गरेका छन।बिजेपी शासित भारतमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेकाे छ , नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ राेजा इफ्तारी गर्न सकेका छन तर १५ कराेड भन्दा माथि उइगुर मुस्लिम बसाेबस गर्ने चीनमा तिनकाे धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्तक्षेप हुँदै आएकाे जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) ले बताउनुभएकाे छ ।प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापकाे विराेध गर्नुपर्ने ओैंल्याउएका छन ।उनले लगभग १५ लाख मात्र मुस्लिम रहेका नेपालमा धार्मिक स्वतन्त्रता दिएकाे छ तर कराेडाैं मुस्लिमलाई दास झैं व्यवहार गरिरहेकाे चीनमाथि मु...