स्वास्थ्य चौकी बेलभारका स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
सकिल अहमद राईजानकी २६ चैत – बाँकेको जानकी गाउँपालिका वडा नं.–२ को स्वास्थ्य चौकी बेलभारमा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् ।वडा नं.–२ को वडा कार्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बेलभार स्वास्थ्य चौकी, त्यहाँ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई खादा लगाएर सम्मान पत्रले सम्मानित गरेको हो ।स्वास्थ्यकर्मीहरुलाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी लगायतले सम्मान प्रदान गर्नुभएको थियो । बेलभार स्वास्थ्य चौकीलाई गाउँपालिका मै उत्कृष्ठ बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य चौकीका प्रमुख गोबिन्द गौतम, स्वास्थ्यकर्मी विवेक कुमार बर्मा, बमबहादुर शाही, शर्मिला पौडेल र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम...







