Sunday, July 5सत्यम खबर
Shadow

आस्था

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ जेठ – चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैघाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत व्यक्त गरेका छन्।...
दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
काठमाण्डौ, २१ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा सम्झौता भएको छ। त्यो सम्झौताले यो भ्रमण केही फलदायी उन्मुख भएको जस्तो भएको छ। तर सहमति र सम्झौतालाई मात्रै आधार मान्ने हो भने यो भन्दा अगाडिका जति पनि कुराहरू छन् ती पुरा हुन बाँकी नै छन्। अहिले भइरहेका सम्झौताले के कस्तो सन्देश प्रवाह गर्यो ? पटक पटक हुने भ्रमण र यो भ्रमणमा कस्तो फरक आयो ? यसै विषयमा आधारित रहेर अन्तर्राष्ट्रिय सम्बन्धका जानकार परराष्ट्रविद् डा. दिनेश भट्टराईसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश : यहाँसँग लामो समय कूटनीतिक क्षेत्रमा काम गरेको अनुभव छ। अहिलेको प्रधानमन्त्रीको भ्रमणले दिएको सन्देश कस्तो लागेको छ ?नेपाल भारत सर्वाधिक महत्त्वको सम्बन्ध हो। हाम्रो भूगोल नै नियति बनेर बसेको छ। हाम्रो खुला सिमाना छन्। जसकारण भारतसँग हामीले सुमधुर सम्बन्ध बनाउनुपर्छ।उ...
भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले जारी गरे प्रेस विज्ञप्ति

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले जारी गरे प्रेस विज्ञप्ति

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेश्नल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट उपस्थित सञ्चारकर्मी मित्रहरू, मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै ...
एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ जेठ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ । बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित बिपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भु–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो बिषयमा आइतबारको संसद बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने । उनका अनुसार प्रधानमन्त्री दाहालको अभिब्यक्ति राष्ट्रघाती भएको भन्...
भारत र नेपालबीच मल कारखाना स्थापना गर्ने सहमति

भारत र नेपालबीच मल कारखाना स्थापना गर्ने सहमति

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नेपालमा मल कारखाना स्थापना गर्ने सहमति भएको छ ।भारतीय दूतावासले विज्ञप्ति जारी गरेर दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति पनि भएको जानकारी दिएको छ ।‘दुई देशका प्रधानमन्त्रीले सम्बन्धित निकायहरुलाई त्यस्तो उद्योग स्थापनाका लागि आवश्यक तयारी एवं अध्ययन गर्न निर्देशन पनि दिनुभयो’ विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ ।यस्तै, नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिने निर्णय गरेको दूतावासले जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य ...
रेडक्रसद्वारा नायक गोष्ठी सम्पन्न

रेडक्रसद्वारा नायक गोष्ठी सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज जेष्ठ १९ - जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी राप्तीसोनारीको मदुईमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल लक्ष्मी मा.वि. मदुई राप्तीसोनारी २ कचनापुरको आतिथ्यमा उक्त गोष्ठी सम्पन्न भएको हो ।कार्यक्रमको उद्घटन गर्दै राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले मानवीय सेवामा समर्पित रेडक्रसले यस पालिकाका विपद् प्रभावित समुुदायलाई राहत, विरामी र घाइतेलाई रगत एवं एम्बुलेन्स लगायत परोपकारी कार्य गर्दै आएको प्रंशसा गर्दै रेडक्रसका उपशाखाहरुले समुदायमा गर्न चाहेका मानवीय गतिविधिहरुको प्रस्तावना लिएर आउनु आग्रह गर्नु भयो ।नेपाल सरकारका पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न शिक्षकहरुलाई अनुरोध गर्दै सेवा भाउबाट रेडक्रसमा योगदान गर्न उत्प्ररित गर्नु भयो ।जुनियर तथा युवा रेडक्रस ...
बाँकेको एबीसी स्कूलमा क्षयरोग सम्बन्धि अभिमुखीकरण गोष्ठी

बाँकेको एबीसी स्कूलमा क्षयरोग सम्बन्धि अभिमुखीकरण गोष्ठी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुर स्थित रहेको एविसी रेजिडेन्सी सेकण्डरी स्कूलका कक्षा १० का विद्यार्थीहरुका लागि नेपाल क्षयरोग निवारण संस्था, बाँके जिल्ला शाखाले आज शुक्रवार विद्यार्थीहरुका लागि अभिमुखीकरण गोष्ठीको आयोजना गरी सम्पन्न गरेको छ ।गोष्ठीको पहिलो चरणमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका पूर्व अध्यक्ष पूर्णलाल चुकेले नेपालकै दोस्रो जेठो सामाजिक संस्थाको रुपमा २०११ सालमा दर्ता भएको उक्त संस्थाको केन्द्रीय कार्यालय र बाँके जिल्ला शाखाको परिचय, ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दै क्रियाकलापहरुको बारेमा आफ्नो प्रस्तुती गर्नु भएको थियो ।उहाँका अनुसार नेपालमा क्षयरोग सम्बन्धि उपचार गर्ने एक मात्र अस्पताल कालीमाटीमा छ र जसको सञ्चालन नेपाल क्षयरोग निवारण संस्थाले गरिरहेको छ । कालीमाटी स्थित संस्थाको आफ्नै भवनमा क्षयरोग र छातीसंग सम्बन्धित चेष्ट अस्पताल सञ्चालन ...
अनेमसंघ प्रदेशको सम्मेलन जेठ २७ गते हुने

अनेमसंघ प्रदेशको सम्मेलन जेठ २७ गते हुने

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ जेठ - अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटिको प्रथम प्रदेश स्तरीय सम्मेलन जेठ २७ गते कपिलवस्तु जिल्लामा हुने अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले जानकारी गराइन ।अनेमसंघ प्रदेश कमिटिको बुटवलमा सम्पन्न पुर्ण बैठकले प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्नको निम्ति विभिन्न उपसमिति समेत चयन गरीसकेको अनेमसंघ केन्द्रिय सचिव विना ज्ञवालीले जानकारी गराइन । जसमा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक शारदा शर्मा सदस्यद्धय गिता पाण्डे तुल्सा के.सी., प्रतिवेदन लेखन उपसमिति संयोजक विना ज्ञवाली, सदस्यहरुमा मैना भण्डारी, लक्ष्मी कोइराला र विजुला रायमाझी, प्रचार प्रसार उपसमिति संयोजक अछरी पोखरेल सदस्यहरु, आशा स्वर्णकार, रचना पन्त, दुर्गादेवि राना, पार्वता आर्चाय, कल्पना थापा, माया भुसाल, कृष्णी गौतम मन्च, व्यवस्थापन संयोजक शान्तिदेवि चमार सदस्यहरु शारदा शर्मा, शान्ता पाण्डे, ...
बृहत रक्तदानमा १ सय २५ जनाद्धारा रक्तदान

बृहत रक्तदानमा १ सय २५ जनाद्धारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १७ जेठ – डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान पनि शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।अध्यक्ष चौधरीले भन्नुभयो– “रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउँछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गरेको छु ।”गाउँपालिकाले आज गरेको बृहत रक्तदान कार्यक्रममा एक सय २५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, महिला, शिक्षक, विद्यार्थी, स्थानीयलगायतले रक्तदान गरेका थिए ।रक्तसञ्चार केन्द्र ब्लड बैंक कोहलपुरका प्रमुख राजेन्द्र महतराको नेतृत्वमा ५ प्राविधिक, गाउँपालिकाका स्वास्थ्यकर्मी लगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता स...
नवनिर्मित भवनमा गृह प्रबेश पुजा, कार्यालय स्थानान्तरण

नवनिर्मित भवनमा गृह प्रबेश पुजा, कार्यालय स्थानान्तरण

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
डुडुवा, १७ जेठ - नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ््टसहितको निर्माण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो ।आज बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी आज शुभसाईतमा पुजा गर्नु भएको छ । गाउँपालिकामा हिन्दु र इस्लाम धार्मिक परम्परा अनुसार छुट्टाछुट्टै पुजा गरिएको थियो ।आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीको नेतृत्वमा आचार्य गौनन्दन शास्त्रीजी महाराज, आचार्य मुकुन्द, तिरथराम पाठक र सिता शर्मालगायत ७ जनाले बैद्धिक विधी अनुसार पुजा गराउनु भएको थियो । यसैगरी इस्लाम धर्मका मौलाना र मुक्तीद्धारा पनि शुभसाईतमा पुजापाठ गरि भवनबाट कार्यालयको सेवा शुरु भएको छ ।भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ ब...