नेपालगन्ज, १६ जेठ – अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा आज पाँचौ राष्ट्रिय महिला अधिकार दिवश भव्य रुपमा सम्पन्न भयो । अनेमसंघ बाँकेका का.वा. अध्यक्ष मिना ढकालको अध्यक्षता र अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलको प्रमुख आथित्यमा भेरी अस्पतालमा रहेका गर्भवति र सुत्केरी गरी ५०जना महिलालाई पोैष्टिक आहार वितरण गरियो ।
कार्यक्रममा निवर्तमान केन्द्रिय सदस्य एवं इन्चार्ज विम्मी पन्थी, केन्द्रिय सदस्य सुनिता तिवारी, प्रदेश सदस्यद्धय इता शर्मा, तलत खान, अनेमसंघ जिल्ला कमिटि सदस्य कला भुसाल, जमुना केसी, सुमन गीरी, अनिता थापा, उषा भण्डारी, देउमाया मगर्नी, ज्ञानु केसी, हरिता गुरुङ्गलगायतको उपस्थिति रहेको थियो ।
पौष्टिक आहारमा सुत्केरी मसला र फलफुल रहेको थियो । पाँचौ राष्ट्रिय महिला अधिकार दिवशको उपलक्ष्यमा सुत्केरी महिलालाई पौेष्टीक आहार वितरण गरिएको जनाईएकाे छ । बर्दिया राजापुरकी सुत्केरी महिला शर्मिला थापाले यस प्रकारका बस्तु पाउँदा आफु खुशी भएको बताउँदै राज्यद्धारा पनि सुत्केरीलाई पौष्टिक आहार वितरण गर्न सके अझ राम्रो हुने बताइन । उनले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि राज्यलाई सुझाव दिइन ।
कार्यक्रममा बोल्दै अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको केन्द्रिय कार्यक्रम अनुसार नै राष्ट्रिय महिला अधिकार दिवश मनाइएको बताउँदै अनेमसंघले समाजमा रहेका लैंगिक विभेद, महिला हिंसा, असमानताका विरुद्ध आवाज उठाउन पनि सुझाव दिइन ।
अनेमसंघ कावा अध्यक्ष मिना ढकालले महिला अधिकार दिवश अनेमसंघका सह इन्चार्ज एवं पुर्व मन्त्रि थममाया थापाले २०७६साल जेठ१६गतेलाई महिला अधिकारको दिवशमा मनाउनु पर्छ भनि घोषणा गरेको प्रसंग कोट्याउँदै सोहि दिनको अवसरमा सुत्केरी महिलालाइ पौष्टिक आहार वितरण गरिएको जानकारी गराइन । अनेमसंघले ८वटै गाउँपालिकामा आफ्ना नीति तथा कार्यक्रम पनि पेश गर्ने जनाएको छ ।