निजी विद्यालयप्रति राज्यबाट लिइएको नीति बिरुद्ध ध्यानाकर्षण
धर्म प्रकाश जायसवालनेपालगन्ज, ४ भाद्र - बाँकेका निजी तथा गुठी अन्तर्गत सञ्चालित बिद्यालयका लगानीकर्ता एवं प्रधानाध्यापकहरुले बाँके क्षेत्र २ का सांसद माननीय डा. धवल समशेर राणालाई भेटि बिद्यमान समयमा निजी विद्यालयप्रति राज्यबाट लिइएको नीति बिरुद्ध ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयका तत्कालीन सचिब श्रीराम कृष्ण सुबेदीद्वारा हस्ताक्षरीत बिधमान शिक्षा ऐंन २०२८ लाई प्रतिस्थापन गर्नको लागी तयार गरिएको बिद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक "२०८०" सम्बन्धित सरोकारवालाका सुझावलाई बेवास्त गरि तयार गरिएको सम्बन्धमा निजी तथा संस्थागत बिद्यालयप्रति पूर्वाग्रही मात्र नभएर संबिधान बिपरीत अब्यवहारिक र अन्यायपूर्ण समेत भएकोले हाल निजी तथा संस्थगत विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सन बाँकेका अध्यक्षहरुले संयुक्त रुपमा ध्...









