
सकिल अहमद राई
खजुरा, ३ भाद्र – खजुरा गाउँपालिका बाँके वडा नम्बर ३ मा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा २०७९ चैत्र ०५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अध्यक्षमा निर्वाचित विनयकुमार यादवले गरेका प्रतिवद्धता पुरा गर्दै छन् ।
उनले गरेका प्रतिवद्धता अनुसार क्याम्पसमा खानेपानीको समस्यालाई व्यवस्थापन गर्दै स्वच्छ खानेपानीका लागि पहल गरी शुद्धीकरण गर्ने Filter जडान गरिएको छ । उक्त फिल्टर व्यवस्थापनका लागि विशेष सहयोग गर्ने क्याम्पस प्रमुख लगायत क्याम्पस परिवार, स्ववियु परिवार र सिद्धार्थ बैँक खजुरा शाखालाईअध्यक्षले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।
जसरी हामी प्रतिवद्दता जाहेर गरेका थियौं त्यसरी नै हामीले गरेका प्रतिवद्धता हामी पुरा गर्ने छौ भनेर अध्यक्ष यादवले जानकारी दिनुभयो ।
क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा सदैव अग्रसर रहि आफ्नो तह तपका देखि लागिपर्ने प्रतिवद्धता हिजो पनि थियो आज पनि छ ।
