
धर्म प्रकाश जायसवाल
नेपालगन्ज, ४ भाद्र – बाँकेका निजी तथा गुठी अन्तर्गत सञ्चालित बिद्यालयका लगानीकर्ता एवं प्रधानाध्यापकहरुले बाँके क्षेत्र २ का सांसद माननीय डा. धवल समशेर राणालाई भेटि बिद्यमान समयमा निजी विद्यालयप्रति राज्यबाट लिइएको नीति बिरुद्ध ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयका तत्कालीन सचिब श्रीराम कृष्ण सुबेदीद्वारा हस्ताक्षरीत बिधमान शिक्षा ऐंन २०२८ लाई प्रतिस्थापन गर्नको लागी तयार गरिएको बिद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक “२०८०” सम्बन्धित सरोकारवालाका सुझावलाई बेवास्त गरि तयार गरिएको सम्बन्धमा निजी तथा संस्थागत बिद्यालयप्रति पूर्वाग्रही मात्र नभएर संबिधान बिपरीत अब्यवहारिक र अन्यायपूर्ण समेत भएकोले हाल निजी तथा संस्थगत विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सन बाँकेका अध्यक्षहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
आफ्नाे प्रतिकृया दिंदै सांसद राणाले “म सधै तपाईहरूको साथमा छु र आफ्नो तर्फबाट हुने सहयोग गर्नेछु । निजी तथा संस्थागत विधालयहरूकाे समस्याप्रति गम्भीर भएर यो कुरा सदनमा उठाउने छू र आवश्यक परे सड़क आन्दोलनमा पनि तपाईहरूको साथमा रहने छु” भनि अश्वासन समेत दिनु भएको थियो ।
माननीय डा. राणाको सचिवालयमा सम्पन्न कार्यक्रममा बाँके स्थिति बिभिन्न निजी तथा संस्थागत विद्यालयको लगानिकर्ता, विद्यालय प्रतिनिधि, राप्रपा सहायक महामन्त्री ऋषिराज देबकोटा, केन्द्रीय सदस्य नन्दलाल बैश्य, पूर्व केन्द्रीय सदस्य गौरव चन्द, राप्रपा संबद्ध युवा नेताहरू हुकुम के सी, बीरेन्द्र गहतराज, बिबेक गिरी, सचिवालय प्रमुख दीपक प्रचण्ड सिंह लगायतको उपस्थित रहेको थियो ।
