Wednesday, July 8सत्यम खबर
Shadow

आस्था

चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्रीले दिए भारतलाई बधाई

चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्रीले दिए भारतलाई बधाई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था ९आइएसआरओ० का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् । प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए । उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन्।...
डुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु

डुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, ६ भाद्र – किसानलाई विउ वितरण गर्न डुडुवा गाउँपालिकाले यस वर्षदेखि वीउ उत्पादनको काम शुरु गरेको छ । यस वर्ष धान रोपाई हुनु अगावै धानको मुल बीउ उत्पादन गर्न पालिका अन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।किसानहरुको जमिनमा लगाइएको मुल बीउ पछि उन्नत बीउ तयार गरि आगामी वर्ष किसानहरुलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरि सहकारी मार्फत किसानलाई वितरण गरिनेछ ।९० टन बीउले एक हजार ५०० हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मुल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मुल वीउ उत्पादनपछि वीउ विजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताउनुभयो । बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलील...
भब्य रुपमा मनाईयो ५२६ औं तुलसी जयन्ती

भब्य रुपमा मनाईयो ५२६ औं तुलसी जयन्ती

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष बिष्णुलाल कुमालको अध्यक्षतामा तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।प्रमुख अतिथि डा. सन्तोष कनोडिया, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुमाल, महासचिव बिरेन्द्र यादव, भारतबाट आमन्त्रित पाहुँनाहरुले संयुक्त रुपमा गोस्वामी तुलसी दास महाराजको तस्वीर अगाडी दियो बाली, आर्शिवाद लिई कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको तुलसी जयन्ती तथा अवधी महोत्सव २०८० को अवसरमा मित्र राष्ट्र भारतका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भएका साहित्यकार, डाक्टर, कविता बाचकहरुलाई गम्छा ओढाई प्रमुख अतिथि डा. सन्तोष कनोडियाले सम्मान गरेका थिए । रामचरित्र मानस (रामायण) का रचैता गोस्वामी तुलसी दास महाराजको ५२६ औं जन्मोत्सव (तुलसी जयन्...
अमन ईट्टा उद्योग ‘बालश्रम मुक्त उद्योग’ घोषणा

अमन ईट्टा उद्योग ‘बालश्रम मुक्त उद्योग’ घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – नेपाल सरकारद्वारा घोषणा गरिएको बालश्रम मुक्त अभियान अन्तर्गत आज नेपाल ईट्टा उद्योग महासंघ बाँकेको सहकार्यमा नेपालगन्ज उपमहागरपालिका वडा नं. १३ स्थित रहेको अमन ईट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको छ ।उक्त बालश्रम मुक्त उद्योग घोषणा कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि कृष्णप्रसाद अबालले नेपाल सरकारबाट उद्योगहरुमा बालश्रम मुक्त भईसकेको हुँदा समेत कही कतै बालश्रम मुक्त उद्योग घोषणा हुन बाँकी रहेको हुँदा आज अमन ईट्टा उद्योगले गरेको कार्यले अन्य उद्योगहरुले समेत सिको गरी आउने दिनमा पूर्ण रुपमा बालश्रम मुक्त उद्य्रोग हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले वायु प्रदुर्शण न्यूनीकरण गर्न पहल गरिरहेको अवस्थामा ईट्टा उद्योग व्यावसायीहरुलाई कमसल खाले कोईला उपलब्ध नगराई राम्रो खाले कोईलाको व्यवस्थापन गर्न अनुरोध गर्दै ...
लम्पी स्किन रोग नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लम्पी स्किन रोग नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ५ भाद्र – बाँके लगायत देशैभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।बाँकेका नागरिक समाजहरुको एक समुहले लम्पी स्किन रोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा गएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । बाँके जिल्लामा हालसम्म करिब दशहजार बढी पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ भने करिब ४ दर्जन बढी पशुहरुको रोगले मृत्यु समेत भएको अवस्थामा पशुहरुमा तत्काल खोप, तथा अन्य उपचारको व्यवस्था मिलाउन तत्काल माग गरेको ज्ञापन पत्रमा उल्लेख छ । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथापशु सङ्क्रमणबाट मुक्त भए पनि पहिले कै अवस्थामा नर्फकनुले किसान म...
मानव अधिकार परिषदमा “भोट नो चाइना” ह्युमन राइट्स

मानव अधिकार परिषदमा “भोट नो चाइना” ह्युमन राइट्स

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – मानव अधिकार परिषदमा चीन पुनः निर्विरोध रुपमा निर्वाचित हुने चलिरहेको चर्चालाई युएन ह्युमन राइटसले अरोध गर्ने सम्भावना बढेको छ ।चीनमा भईरहेको मानवअधिकारको उलंघनलाई लिएर युएन ह्युमन राइटसले पटक पटक चिन्ता व्यक्त गर्दै आइरहेको समयमा चीन आफू मानव अधिकार परिषदमा पुनः निर्विरोध निर्वाचत हुने विश्वासलाई पूर्ण विराम लाग्न सक्ने सम्भावना बढेर गएको हो । चीनको मनसायलाई युएन ह्युमन राइटसले मानव अधिकारको उलंघन गर्नेलाई निर्विरोध निर्वाचत हुन नदिनेमा विचार गरिरहेको हैसटैक ह्मन राइट्सको ट्वीटबाट बुझिन सकिन्छ । यदपी, चुनाव नभए सम्म हामी हैसटैक सरकारलाई ह्युमन राइट्स छनौट २०२३ मा भोट नो चाइना भनेर सर्कुलर जारी गर्ने छौं ह्युमन राइट्सको ट्वीटबाट बुझिन सकिन्छ । चीनले मानवता विरुद्धको अपराध गरेको हुनसक्ने बताउदै आएको छ । ट्वीटर ।...
बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्दै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ भाद्र – बुधबार चन्द्रमाको सतहमा भारतको यान अवतरण गर्ने भएको छ । भारतले सार्वजनिक गरेको चन्द्र मिसन-३ (चन्द्रयान-३) को ल्यान्डर मोड्युल अनुसार भदौ ६ गते साँझ ६:०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ । अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टिभी च्यानल दूरदर्शन र फेसबुक र युट्युब जस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरू बाहेक यसको वेबसाइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ । भारतको चन्द्र मिसन-३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीबार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।...
चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

चीनको नाकावन्दीले महङ्गियो मुस्ताङ, स्थानीय भन्छन– चीनियाँले साह्रै हेपे

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र – चीनको हेपाहा प्रवृत्तिका कारण उत्तरी सीमाका नेपाली हैरान छन्। सीमा सार्ने, दुर्व्यवहार गर्ने, नेपाली भुभागमा पनि जान–आउन नदिने गर्दा चीनियाँसँग उनीहरुको मन कुँढिएको छ। चीनसँग रिसाउनुका धेरै कारण छन्। पहिलो कारण चीनले सुरु गरेको अघोषित नाकावन्दी हो। चीनियाँ वजारमा गएर ब्यापार गर्ने स्थानीयलाई अहिले सीमा क्षेत्रमा पुग्न समेत रोक लगाईएको छ। नाकावन्दीका कारण उनीहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामग्रीको मुल्य आकाशिएको छ। काठमाण्डौं हुँदै पुग्ने सामानको मुल्य ३ देखि ४ गुणा महंगो भएको मुस्ताङको लोमान्थाङका स्थानीयवासी छिरिङ तार्गे वताउँछन्। दोस्रो कारण सीमामा हुने मिचाहा प्रवृत्ति हो। अधिकांश सीमास्तम्भ नेपालतर्फ सारिएका छन्। तर, त्यसलाई राज्य नै लागेर छोपछाप गर्ने प्रयास गरिरहेको उनीहरु वताउँछन्। हुम्लाको लीमी लाप्चामा देखिएको सीमा समस्या त्यसको उदाहरण हो। मातृ...
महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

महासचिव रानाभाटद्वारा पत्रकार त्रिपाठीलाई धम्की

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ५ भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना स्थलबाट रिर्पोटि· गर्ने क्रममा महासचिव पदका उम्मेदवार भीमबहादुर रानाभाटले क्यामरा अगाडी खुलेआम पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई धम्की दिएका छन् ।सत्यमखबरका सञ्चालक त्रिपाठीको भनाई अनुसार केही मतको कुरालाई लिएर विवाद सृजना भएको तथा एउटा पक्षले मतगणना हुनु पर्छ भनेको छ भने अर्को पक्षले मत परिणाम घोषणा भईसकेपछि मत गणना हुनु हुँदैन भनी रहेकै अवस्थामा क्यामरा अगाडी भीमबहादुर रानाभाटलाई प्रश्न गर्दै निर्वाचन अधिकृतले राखेको भनाई प्रति तपाईको प्रतिकृया के भन्दा रानाभाट पत्रकार माथि नै खनिएका थिए । पत्रकार माथि विभिन्न आरोप लगाउँदै तपाईले देखिरहनु भएको छ म ७ मतले विजयी भएको हुँ, तपाई कसको पत्रकार हो ? तपाई एक पक्षमा समाचार बनाउनु भयो ? तपाईलाई अगामी दिनमा पत्रकारिता गर्नु छ छैन ? भन्दै आक्रोश पोख्दै राखिएको टेबुल ठोक्दै...
बाँके २ नं. क्षेत्रमा रास्वपा संगठन विस्तार

बाँके २ नं. क्षेत्रमा रास्वपा संगठन विस्तार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ४ भाद्र – राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले बाँकेमा संगठन विस्तार गरेको छ । बाँके क्षेत्र नं. २ को सभापति विवेककुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको जनाईएको छ । उपसभापतिमा निशा बराल भट्ट, सचिवमा शुभम् कुमार गुप्तालाई चयन गरिएको छ भने सदस्यहरुमा बालकृष्ण लामिछाने तथा डाक्टर कमर जहालाई चयन गरिएको जानकारी गराईएको छ। आउने दिनमा थप पार्टीका गतिविधि विस्तार गरिने समेत बताईएको छ ।...