Wednesday, June 17सत्यम खबर
Shadow

आस्था

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन - नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ। ‎पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेख ले १३ रन, अमन कासगर ले ११ रन र फयान खान ले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए। ‎९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिज ले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाई ले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूत ले समान १०–१० रन बनाएका थिए। इमरान खान ले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। ‎ब...
जन्मदिनको अवसरमा रक्तदान, रगतको अभाव हुँदै

जन्मदिनको अवसरमा रक्तदान, रगतको अभाव हुँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – आफ्नो जन्मदिनको अवसर पारेर नियमित स्वयंसेवी रक्तदाता लवराज खरेलले बुधवार रक्तदान दिनु भएको छ । विगत २० वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान अभियान आयोजना गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका स्वयम्सेवी नियमित रक्तदाता खरेलले यो समेत ६४ औं पटक रक्तदान गर्नु भएको हो । राप्ती सोनारी गाउँपालिका वडा नं.६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार खरेलले हरेक तीन महिनामा नियमित रक्तदान गर्नु हुन्छ । यसैगरी नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८ औं पटक रक्तदान गर्नु भएको छ । स्वयम्सेवी रक्तदाता केसीले आफुले हरेक तीनमहिनामा रक्तदान गर्ने बानी बसेको र समय तलमाथि भयो भने शारीरिक समस्या सिर्जना हुने बताउनु भयो । नेपाल रेडक्रस प्...
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ फागुन–नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा नेपालगन्ज मोडल एकेडेमी (एन.एम.ए.) ले मंगोलियन स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। ‎खेलमा पहिले ब्याटिङ गरेको मंगोलियन स्पोर्ट्स क्लब ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो। टोलीका लागि दीपेश शाही ले सर्वाधिक १९ रन जोडे भने अफ्रोज खान र बिभिन्न खेलाडीहरूले सानो–सानो योगदान दिएका थिए। ‎११७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज मोडल एकेडेमी ले संयमित ब्याटिङ गर्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका लागि पारस देवकोटा ले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ५३ रनको आकर्षक अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए।   ‎त्यसैगरी बिवेक पुन मगर ले १९ रनको महत्वपूर्ण योगदान दिए भने अनिल...
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
-प्रेमचन्द्र झा मितिः २०८२ फागुन २५ गते, सोमबार नेपालको राजनीतिले पछिल्ला तीन दशकभन्दा बढी समयको यात्रामा धेरै परिवर्तनहरू देखेको छ। व्यवस्था फेरियो, शासनका स्वरूप बदलिँदै गए, नयाँ संविधान आयो, नयाँ नेतृत्वहरू उदाए र पुराना शक्तिहरू कमजोर हुँदै गए। तर यति धेरै राजनीतिक परिवर्तनहरूको बीचमा एउटा प्रश्न भने निरन्तर उठिरह्यो—के यी परिवर्तनहरूले नागरिकको जीवनमा अपेक्षित सुधार ल्याए? आजको राजनीतिक परिस्थिति हेर्दा यही प्रश्न झन् गम्भीर रूपमा उठेको देखिन्छ। लामो समयसम्म राजनीतिमा प्रभाव जमाएका दलहरू अचानक असहज स्थितिमा पुगेका छन्। सत्ता र शक्तिको केन्द्रमा वर्षौंसम्म बसेका नेताहरू आज आत्मरक्षाको अवस्थामा देखिन्छन्। यस्तो परिस्थिति कसरी आयो भन्ने विषयमा गम्भीर बहस आवश्यक छ। कसैले कल्पना पनि गरेको थिएन कि दशकौँसम्म शासनको केन्द्रमा रहेका शक्तिहरू एकाएक यति कमजोर देखिन थाल्नेछन्। कसैले सोचेको थि...
कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ फागुन – वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। बास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ्ख, दलित महिला संघ फेडो (ँभ्म्इ) की अध्यक्ष निर्मला सुनार तथा कलाकार विरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए। उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताएका थिए।वक्ताहरूले निर्मोहीले जीवन...
बालेन शाहको उदय र नेपालको भविष्य

बालेन शाहको उदय र नेपालको भविष्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
— प्रेमचन्द्र झा मितिः २०८२ फागुन २४ गते, आईतबार नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन्। लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदै आएको छ। यस्तै पृष्ठभूमिमा वैकल्पिक राजनीतिको प्रतीकका रूपमा उदाएका व्यक्तित्व हुन् बालेन शाह । उनको उदय केवल एउटा चुनावी परिणाम मात्र होइन, नेपाली राजनीतिक संस्कृतिमा सम्भावित नयाँ युगको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत राजनीतिक नेतृत्वसँग प्रतिस्पर्धा गर्दै उनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिएका छन्। यसले जनताको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछ। जनता अब पुरानो राजनीतिक शैलीबाट थाकिसकेका छन् र परिणाममुखी, इमानदार तथा ऊर्जाशील नेतृत्वको खोजीमा छन्। बालेन शाहको उदय सामान्य राजनीतिक यात्राको परिणाम होइन। उनी इन्जिनि...
फोनिजकाे एक दिने निःशुल्क स्वास्थ्य चेकजाँचमा ३ सय ४८ जनाले लिए सेवा

फोनिजकाे एक दिने निःशुल्क स्वास्थ्य चेकजाँचमा ३ सय ४८ जनाले लिए सेवा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ फागुन - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रममा ३ सय ४८ जनाले सेवा लिएका छन्। नेपाल मगर दिवसको अवसर पारेर सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर बाँकेको कोहलपुर न्युरोड खुल्ला मञ्च र खजुरा गाउँपालिका वडा नं. ३ बहुउद्देश्यीय सभाहल मा सम्पन्न भएको थियो। कोहलपुरमा १ सय ८८ जना र खजुरामा १ सय ६० जना गरी जम्मा ३ सय ४८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले दिनुभयो। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा रक्तचाप, मधुमेह (सुगर), सामान्य स्वास्थ्य परीक्षण, परामर्श सेवा लगायत आवश्यक प्राथमिक उपचार प्रदान गरिएको थियो। विभिन्न उमेर समूहका स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। ...
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ?

नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
रमेश कुमार बोहोरा मितिः २०८२ फागुन १३ गते, बुधबार काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ । तर व्यवस्थाको व्यवहारिक धरातलमा उभिएर हेर्दा राष्ट्र बैंक अझै पनि सरकारको राजनीतिक छायाबाट मुक्त हुन सकेको छैन । करिब सात दशकअघि स्थापना भएको यस संस्थाले आजसम्म आइपुग्दा मौद्रिक नीति निर्माण, बैंक तथा वित्तीय संस्थाको नियमन, विदेशी विनिमय व्यवस्थापन, भुक्तानी प्रणालीको विस्तार र वित्तीय स्थायित्वको संरक्षण जस्ता अत्यन्त संवेदनशील दायित्व सम्हाल्दै आएको छ । यति गम्भीर र दीर्घकालीन प्रभाव पार्ने जिम्मेवारी बोकेको संस्थाको निर्णय प्रक्रियामा राजनीतिक हस्तक्षेपको आशङ्का सधैँ रहिरहनु आफैंमा नेपालको आर्थिक शासन प्रणालीको ठूलो कमजोरी हो । मुलुकको समग्र आर्थिक नीति दुईवटा मुख्य आधारस्तम्भमा अडिएको हुन्छ । पहिलो, सरकारद्वारा सञ्चालन गरिने वि...
बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १२ फागुन - फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरि मतदाता शिक्षा शुरु गरेको छ । बाँके र बर्दियामा विशेष गरी थारु, मधेशी, मुस्लिम, सिमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरु र १८ वर्ष पुगेका युवा यवतीलाई मतदाता शिक्षा दिन लागिएको हो । मंगलबार बाँकेको जानकी गाउँपालिका वार्ड नंं २ मा मधेशी समुदायका महिलाहरुलाई मतदाता शिक्षा बारे अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिबक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक...
फजुल खर्च जोगाउन सामुहिक ब्रतबन्धको आयोजना

फजुल खर्च जोगाउन सामुहिक ब्रतबन्धको आयोजना

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सिन्धुली, १० फागुन – समाजमा हुने गरेको फजुल खर्च जोगाई सनातन हिन्दु सस्कार र सस्कृतिलाई जीवन्त राख्ने मुल उदेश्यले सिन्धुली जिल्ला सदरमुकाम स्थित रातमाटा रामेश्वरधाम परिसरमा सामुहिक ब्रतबन्ध सम्पन्न गरिएको छ । रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिको आयोजना श्रीमद्भागवत ज्ञानमहायज्ञ समापनको अवसरमा न्युनतम खर्चमा सर्वसाधण दर्जनौ बटुकहरुको सामुहिक व्रतबन्ध गरिएको थियो । सामुहिक ब्रतबन्ध कार्यक्रममा सदरमुकाम सिन्धुलीमाडीका कुल १३ जना बटुकहरुको सामुहिक रुपमा ब्रतमन्ध गरिएको रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोईरालाले बताउनु भयो । सामुहिक व्रतबन्ध कार्यक्रममा स्थानीय सयौं महिला पुरुषहरुले बटुकहरुलाई सामुहिक रुपमा भिक्षा प्रदान गरेका थिए । ब्रतबन्धमा सामेल बटुकहरुलाई गुरु पुरोहित अर्जुन सापकोटले मन्त्र सुनाउनु भएको थियो । घरघरमा एकल रुपमा हजारौं रुपैयाला...