अभिभावक र बालबालिकाहरुका वीच विभिन्न रोचक खेल
नेपालगन्ज, १० फागुन – क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिकाहरुका वीच बिभिन्न किसिमका रोचक खेल कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिका वीच खेल आयोजना गरेको हो ।
७६ औं प्रजातन्त्र दिवसको खेलहरुमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोकेर बेलुन फुटाउने खेल, अभिभावकले रिङ सार्ने र बालबालिकाहरुले रिङमा दौड्ने खेल, तीन खुट्टे दौड्ने खेल, अभिभावकको कुर्सी दौड खेल, आफ्ना बालबालिका पहिचान गर्ने खेल, मार्च पास, अभिभावक र क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी परिवार वीच फुटबल खेल पनि गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका वीच–वीचमा मनोरञ्जनका लागि बिभिन्न किसिमका नृत्यहरु र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक रेणु शेरचनले खेल कार्यक्रमको बारेमा प्र...









