Monday, July 13सत्यम खबर
Shadow

आस्था

जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३२ जेठ – वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो । अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा अधिवक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहज रुपमा प्रवाह भईरहेको जानकारी ...
जनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार पवन जायसवाललाई शतक रक्तदाता सम्मान

जनमतको ६० औं श्रृङ्खलामा ४१ जनाले रक्तदान गरे, पत्रकार पवन जायसवाललाई शतक रक्तदाता सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३२ जेठ – बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा चार जना सञ्चारकर्मी तथा सात महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।जेठ ३१ गते विहीवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रमको वीचमा आजकै दिन १०० औं पटक रक्तदान गर्ने पत्रकार तथ...
पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

पोखरा माता मन्दिर गौशालाबाट चोरी भएको गाई हलबल डोलीमा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेठ – मंगलबार अबेर राती राप्ती सोनारी गाउँपालिका वडा नं. ७ स्थिति रहेको पोखरा माता मन्दिर लालपुर गौशालाबाट १०० बढी गाईहरु चोरी भएको थियो ।उक्त चोरी भएको गाई जो हाम्रो देश नेपालको राष्ट्रिय जनावर समेत रहेको छ । धार्मिक ग्रन्थमा हिन्दुहरुको आस्था रहेको हुँदा कसैले गौशालाबाट गाई चोरी गरि लगेको स्थानीयहरुको आरोप रहेको थियो । तर आज डुडुवा गाउँपालिका वडा नं. ३ हलबल डोली स्थित गाउँको चौरमा करीब ६० थान गाईहरु फेला परेको अनिशकुमारले जानकारी गराउनुभयो । अनिशकुमारले दिएको जानकारी अनुसार ६० थान गाई हाल हलबल डोली गाउँको चौरमा (खेत) मा घास खाईरहेको अवस्थामा फेला परेको हुँदा हामीले स्थानीय बेतहनी स्थित ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएका छौं ।यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार भगवानपुर ईलाका प्रहरी कार्यालयले पहल गरिरहेको छ ।...
“सार्वजनिक सम्पत्तिको अद्यावधिक अवस्था, संरक्षण र अवैध कब्जाको अवस्था”

“सार्वजनिक सम्पत्तिको अद्यावधिक अवस्था, संरक्षण र अवैध कब्जाको अवस्था”

आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
चन्द्रेश्वर राज त्रिपाठीमिति : २०८१ जेठ ३१ गते, बिहिबार कहाँबाट शुरु गरौं, जता देखे पनि कानुनको बर्खीलाप कार्य भए गरेको पाईन्छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वार्डहरुको मात्र कुरा गर्नु पर्दा करीब १३२ बिगाह १६ कठ्ठा १४.५ धुर सरकारी पर्ति जग्गा रहेको उपमहानगरपालिका कै नापी शाखाको तथ्यांकले देखाईरहेको छ । जसमा थप सरकारी पोखरी, गड्हाको जग्गा जोड्दा ७० बिगाह १० कठ्ठा रहेको देखिन्छ । त्यति मात्र नभएर जंगल जोड्ने हो भने थप ३३८ बिगाह ७ कठ्ठा ४.५ धुर जग्गादेखिन्छ । यो तथ्यांक उपमहानगरपालिका भित्र नै रहेको पाईन्छ तर त्यसलाई कसरी सार्वजनिक सरोकार सँग जोड्न सकिन्छ भन्ने तर्फ उपमहानगरपालिकामा निर्वाचित भई पुगेका स्थानीय जनप्रतिनिधिहरुसित भिजन नै देखिएको छैन ।हुन त विभिन्न अटकल बाजी नभएको पक्कै नहोला भन्न सकिन्न तर राजनीतिक खिचातानीबाट अली परा गएर आम नागरिकको हकहित बारे सोच राख्ने...
विदेश अध्ययनमा बाहिरियो ९ महिनामै पौने ९६ अर्ब

विदेश अध्ययनमा बाहिरियो ९ महिनामै पौने ९६ अर्ब

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चालु आर्थिक वर्षको आठ महिनामा जारी एनओसीमध्ये जापानका लागि ३३.१, क्यानडाका लागि १८.१, अस्ट्रेलियाका लागि १४.४, बेलायतका लागि १०.३ र अमेरिकाका लागि ७.५ प्रतिशतकाठमाण्डौ, ३१ जेठ – चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम साढे ४२ प्रतिशतले बढेको राष्ट्र बैंकको गत चैतको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको ९ महिनामा यो शीर्षकमा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको थियो । विदेश अध्ययनमा बाहिरियो ९ महिनामै पौने ९६ अर्ब पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछि...
भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

भारत विश्वकपको ‘सुपर ८’मा : अमेरिका सात विकेटले पराजित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ। बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो। १११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा तीन रन र विराट कोहली शुन्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे। अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए। उनले ४९ बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन्। दुवेले ३५ बलको सामना गर्दै एकएक चौका र छक्काको मदद्तमा नटआउट ३१ रन बनाए। ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए। अमेरिकाका लागि सौरभ नेत्रावलकरले दुई विकेट हात पारे भने अली खानले एक विकेट लिए। यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस...
चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – चीनले ताइवानमाथि आक्रमण गरे विश्व अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ । ब्लुम्बर्गका अनुसार चीनले ताइवानमाथि आक्रमण गरे त्यसबाट उत्पन्न हुने व्यापार अवरोधबाट विश्वको कल ग्राहस्थ उत्पादनमा १० ट्रिलियन डलर अर्थात् १० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको छ । ताइवान र चीनबीचको समुद्री मार्ग भएर विश्व पारवहनको ५० प्रतिशत पानीजहाजको आवत जावत हुन्छ । चीन र ताइवानबीच युद्ध भएमा यसले विश्व अर्थतन्त्रमा कोरोना महामारीको समयभन्दा भयानक अवस्था सिर्जना गर्ने हिन्द प्रशान्त मामिलाका लागि अमेरिकी सहायक रक्षामन्त्री एली राट्नर बताउँछन् । ताइवान र चीनबीच हुने सम्भावित युद्धबाट हुने असरलाई लिएर विभिन्न मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । चीन र ताइवानबीच हुने युद्धबाट हाल जारी रुस युक्रेन युद्ध वा इजरायल हमास युद्धभन्दा अझ बढी घातक र विश्व अर्थ व्यवस्थाका लागि हानीक...
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कञ्चनपुर, ३१ जेठ – भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ‘, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ ।’ उनले आकारमा पहिलेभन...
युद्ध विरामको बाटोमा इजरायल हमास

युद्ध विरामको बाटोमा इजरायल हमास

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
मनोज घिमिरे३१ जेठ २०८१, बिहीबार ७ अक्टोबरमा सुरु भएको गाजा युद्ध सकिने सम्भावना देखिएको छ। दीर्घकालीन युद्ध विरामका लागि अमेरिकाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा राखेको प्रस्तावमा १५ मध्यको १४ ले मतदान गरेका छन्। रुस भने अनुपस्थित थियो। अमेरिकी प्रस्तावमा हमासले सम्पूर्ण बन्दी रिहा गर्ने, मृत्यु भएका बन्दीको शव बुझाउने तथा इजरायलले सम्पूर्ण कैदी रिहाको प्रस्ताव अघि सारिएको बताएको छ। यो प्रस्तावमा इजरायलले सहमति जनाइसकेको छ। हमासले पनि सहमति जनाउने अपेक्षा गरिएको छ। यसअघि ३१ मेमा अमेरिकी राष्ट्रपति जो वाइडेनले ७ औं औद्योगिक देशका साथमा सुरक्षा परिषद्का पहलमा युद्धरत पक्षसँग वार्ता अघि बढाउनुपर्ने कुरा राखेका थिए। यो मतदानले युद्ध विरामको योजना कार्यान्वयनका लागि दुवै पक्षलाई दबाब परेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेर योजना कार्यान्वयनका लागि...
फेरि भारतको गृहमन्त्री बने अमित शाह, इतिहास रच्ने अवसर

फेरि भारतको गृहमन्त्री बने अमित शाह, इतिहास रच्ने अवसर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतीय जनता पार्टी (विजेपी)का नेता अमित शाह फेरि भारतको गृहमन्त्री बनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमा शाहलाई नै दोहोर्याएका हुन्। मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बनिसकेका छन्। शाह पनि यसअघि मोदी क्याबिनेटको दोस्रो कार्यकालमा गृहमन्त्री थिए। मोदीको पहिलो प्रधानमन्त्रीकालमा भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंह गृहमन्त्री थिए।  मंगलबार गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछिशाहले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्‍याउने र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रूपमा निर्माण गर्ने बताए । सामाजिक सञ्जाल ‘एक्स’मार्फत शाहले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैँजस्तै प्रतिबद्ध रहनेछ । प्...