Thursday, December 12सत्यम खबर
Shadow

चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी

काठमाण्डौ, ३१ जेठ – चीनले ताइवानमाथि आक्रमण गरे विश्व अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ ।

ब्लुम्बर्गका अनुसार चीनले ताइवानमाथि आक्रमण गरे त्यसबाट उत्पन्न हुने व्यापार अवरोधबाट विश्वको कल ग्राहस्थ उत्पादनमा १० ट्रिलियन डलर अर्थात् १० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको छ ।

ताइवान र चीनबीचको समुद्री मार्ग भएर विश्व पारवहनको ५० प्रतिशत पानीजहाजको आवत जावत हुन्छ । चीन र ताइवानबीच युद्ध भएमा यसले विश्व अर्थतन्त्रमा कोरोना महामारीको समयभन्दा भयानक अवस्था सिर्जना गर्ने हिन्द प्रशान्त मामिलाका लागि अमेरिकी सहायक रक्षामन्त्री एली राट्नर बताउँछन् ।

ताइवान र चीनबीच हुने सम्भावित युद्धबाट हुने असरलाई लिएर विभिन्न मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । चीन र ताइवानबीच हुने युद्धबाट हाल जारी रुस युक्रेन युद्ध वा इजरायल हमास युद्धभन्दा अझ बढी घातक र विश्व अर्थ व्यवस्थाका लागि हानीकारक हुने जनाइएको छ ।

बेलायतका गृहमन्त्री जेम्स क्लेभेर्लीले ताइवानमा हुने युद्धबाट हुने हानीबाट कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएको द हङकङ पोस्टले जनाएको छ । यस्तो युद्धबाट चीन पनि अछुतो नहुने बताइएको छ । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *