गौरव स्मृति फाउण्डेशनको भूमि पुजन
नेपालगन्ज, २ असार – गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको बगलमा भूमि पूजन शनिवार सम्पन्न भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ बसपार्कदेखि पूर्वमा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनलाई फुल्टेक्रा निवासी समाजसेवी माधवराम वर्माले ५ धुर जग्गा भवन निर्माणका लागि दान गर्नुभएको जग्गामा शनिवार भूमि पूजन गरिएको छ ।गौरव स्मृति वियोरसेल्फ फाउन्डेसन अध्यक्ष मधु शाहको अध्यक्षतामा फाउन्डेसनका उपाध्यक्ष करन साहूद्वारा सञ्चालित कार्यक्रममा जग्गादाता तथा प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले बिधिवत भूमिपूजन गर्नुभएको थियो भने भूमिपूजन कार्यक्रम गुरुप्रसाद मिश्रले पूजा पाठ गराएका थिए फाउन्डेसनका संरक्षक प्रदीपकुमार शाहले जानकारी गराएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस बाँके क्ष...









