Monday, July 13सत्यम खबर
Shadow

आस्था

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न कॅाग्रेस नेता महर र राणा भारतमा

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न कॅाग्रेस नेता महर र राणा भारतमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन्। महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। 'सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुग्नु भएको हो। उहाँको अवस्था सुधारोन्मुख छ। स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ,' महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो। एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली...
मोदी ३.० क्याबिनेटको पहिलो निर्णयः ३ करोड गरिब घरपरिवारका लागि नयाँ घर बनाउने

मोदी ३.० क्याबिनेटको पहिलो निर्णयः ३ करोड गरिब घरपरिवारका लागि नयाँ घर बनाउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्को पहिलो बैठकले ३ करोड गरिब परिवारका लागि नयाँ घर बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्राप्त विवरण अनुसार ती घर गाउँ र सहरमा बनाइने छ। घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ। मोदीले आफ्नो पहिलो कार्यकालका बेला सन् २०१५र१६ मा सुरु गरेको यो योजनाअन्तर्गत १० वर्षमा ४ करोड २१ लाख घर निर्माण भइसकेका छन्। मोदीले सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका थिए। साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका थिए। मोदी मन्त्रिपरिषद्को कूल सदस्य संख्या...
भारतीय सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

भारतीय सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ जेठ – भारतीय सेनाले नयाँ सेना प्रमुख पाउने भएको छ। भारतीय सेनाका उपप्रमुख रहेका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुखमा नियुक्त गर्न लागेको हो। उनी आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने छन्। वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो । मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो । भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए। उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड कश्मीर राइफल्समा सेवा गरेका थिए। नेपाल पाना...
अन्ततः भारतीय प्रधानमन्त्री मोदी सामु यसरी झुक्यो चीन !

अन्ततः भारतीय प्रधानमन्त्री मोदी सामु यसरी झुक्यो चीन !

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ जेठ – चीनले भारतको लोकसभाको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ । चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार भारतमा लोकसभा चुनावको नतिजा आएको ८ दिनपछि प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन् । चिनियाँ प्रधानमन्त्रीले बधाई दिदै भनेका छन्- 'चीन-भारत सम्बन्धको बलियो र स्थिर विकास देशहरूको हितका लागि मात्र होइन, यसले सम्पूर्ण क्षेत्र र विश्वमा स्थायित्व ल्याउन पनि काम गर्दछ ।' ली छ्याङले थप भने, 'दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशामा लैजान भारतसँग काम गर्न चीन तयार छ । यो दुवै देशका नागरिकका लागि पनि सही निर्णय हुनेछ ।' यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि बधाई दिएका थिए । नेपाल पाना...
दिल्लीबाट प्रचण्डले भने : भारतमा पनि गठबन्धन सरकार आयो, नेपाललाई फलदायी हुन्छ

दिल्लीबाट प्रचण्डले भने : भारतमा पनि गठबन्धन सरकार आयो, नेपाललाई फलदायी हुन्छ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
इटालीबाट फर्किएपछि नेपाल आउने मोदीको आश्वासनकाठमाण्डौ, २८ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीमा जुन १३ मा हुने जी सेभेनको बैठकपछि भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल आउने आश्वासन दिएको बताएका छन् । सोमबार नयाँदिल्लीस्थित नेपाली पत्रकारहरूसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् । दाहालले भारतमा नयाँ प्रधानमन्त्रीले सपथ लिँदा नेपालका प्रधानमन्त्री आउने क्रम सन् २०१४ देखि नै सुरु भएको बताए । ‘भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री आउने चलन २०१४ देखि सुरु भएको हो । पहिलो पटक मोदीजी प्रधानमन्त्री हुँदा सुशील कोइराला आएको हो, दोस्रो पटक केपी ओलीजी आएको हो’, दाहालले भने, ‘सपथ ग्रहण त एउटा प्रक्रिया मात्रै भयो । त्यससँगै द्विपक्षीय कुराकानी गर्ने यो राम्रो प्लाट फर्म भयो । एकातिर भारत सरकार र मोदीसँग नेपाल-भारत सम्बन्धका जल्दाबल्दा मुद्दामा कुर...
भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ जेठ – छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए । “लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रम...
मोदी ३.o को पहिलो निर्णय : ९.३ करोड किसानलाई २० हजार करोड दिने

मोदी ३.o को पहिलो निर्णय : ९.३ करोड किसानलाई २० हजार करोड दिने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ जेठ – आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् । साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९.३ करोड किसानलाई वितरण गर्ने निर्णय गरेका छन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि आज बस्दैछ । सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने बताइएको छ । आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए । नेपाल पाना...
प्रचण्डले दिए मोदीलाई भ्रमणको निम्ता, चाँडै नेपाल आउने

प्रचण्डले दिए मोदीलाई भ्रमणको निम्ता, चाँडै नेपाल आउने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ जेठ – प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। मोदीको शपथ कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका प्रचण्डले दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। प्रचण्डले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें। उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ।’ प्रचण्ड र मोदीबीच आइतबार भेटवार्ता भएको थियो। सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्ड बसेको नयाँदिल्लीस्थित होटल ताजमा सोमबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटम...
प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ जेठ – भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका थिए । उक्त अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए। शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेको प्रधानमन्त्...
आयोगको पञ्चवर्षीय योजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

आयोगको पञ्चवर्षीय योजनामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ जेठ – राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६ औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित कार्यक्रम तथा योजनाहरू विस्तृत रूपमा समावेश गरिएको पाइएको छ।राष्ट्रिय योजना आयोगले वृहत् गृहकार्य गरेर राष्ट्रिय तथा स्थानीय स्तरमा भएको छलफल गरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समेत समावेश गरेको पाइएको छ।पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले १६ औँ पञ्चवर्षीय राष्ट्रिय योजनामा समेटिएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका कार्यक्रमहरूले यो समुदायको सबै आवश्यकता तथा हक अधिकारहरू पुरा गर्न नसके पनि प्रभावकारी ढङ्गले लागू भएमा केही राहत दिने विश्वास व्यक्त गरेका छन्। 'म आफैँलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विज्ञको रूपमा योजना आयोगले बोलाइ १६ औँ योजनामा योगदान गर्न पाएकोमा साह्रै खुसी ...