Sunday, February 9सत्यम खबर
Shadow

जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

नेपालगन्ज, ३२ जेठ – वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो ।


अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा अधिवक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नु भएको थियो ।


कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहज रुपमा प्रवाह भईरहेको जानकारी दिनुभयो । उहाँले वडा कार्यालयबाट गुणस्तरिय सेवा उपलब्ध भईरहे पनि कसैलाई कुनै बाधा अवरोध भएमा तत्काल जनप्रतिनिधीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
अभिमुखीकरणमा वडासमितिका पदाधिकारी र विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *