अवधी पत्रकार संघद्धारा सांसद तिवारी सम्मानित
नेपालगन्ज, १ असोज – अवधी पत्रकार संघ नेपालले नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको छ । अवधी पत्रकार संघ नेपालले आफ्नो १५औं स्थापना दिवसको अवसरमा एक समारोहका विच संघिय सांसद तिवारीलाई सम्मान गरेको हो ।संघका केन्द्रीय सचिव समेत रहनु भएकी सांसद तिवारीले बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, कला, संस्कृति, अभियन्ताको रुपमा विशेष योगदान पुर्याएको र प्रतिनिधी सभा सदस्य जस्तो गरिमामय पदमा अवधी भाषी महिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मान गरिएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले सांसद तिवारीलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गर्नु भएको हो । सम्मान ग्रहण गर्दै सांसद तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमा भएकोले मेरो पहिलो मातृ भाषा नै अवधी भएको भन्दै अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्व...









