Tuesday, March 31सत्यम खबर
Shadow

अवधी

रगत अभाव हुन नदिन साहु समाजको सक्रियतामा रक्तदान

रगत अभाव हुन नदिन साहु समाजको सक्रियतामा रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट नेपालगन्ज ग्रसित रहेको बेला भेरी अस्पताल प्रा·ण भित्र रहेको नेपालगन्ज रेडक्रस सोसाईलद्वारा सञ्चालित ब्लड बैंकमा रगत अभाव देखिएको छ ।सोही अभावलाई ध्यानमा राखी आईतबार कशौंधन वैश्य समाजद्वारा बृहत रक्तदान गरिएको छ । तर बिरामीहरुको अधिक चापले गर्दा रगत अभावमा कमी नआउने नदेखिएपछि साहू समाज जिल्ला कार्य समितिले समेत अग्रसरता देखाउँदै रक्तदान गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक प्रदीश शाहले बताउनुभयो । संयोजक शाहका अनुसार साहू समाज जिल्ला कार्य समिति नेपालगन्ज (बाँके) ले जेष्ठ २९ गते शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने बताउनुभयो । साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय गरिएको जानकारी संयोजक शाहले बताउनुभयो ।गत शनिबार समाजका अध्यक्ष हंसराम साहूको अध्यक्ष...
वातावरण दिवसमा बृक्षारोपण

वातावरण दिवसमा बृक्षारोपण

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको विषम् परिस्थितिमा बाँकेबासीहरुले देखेको अक्सिजन अभावलाई ध्यानमा राखी विश्व वातावरण दिवसको अवसर पारी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखाद्वारा अवधी पत्रकार भवन निर्माण स्थल र शिव पार्वती मन्दिर प्राङ्गणमा बृक्षारोपण गरिएको छ । अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँके, परिवर्तन फाउण्डेशन नेपाल, मानव अधिकार शान्ति समाज बाँके, हिन्दु स्वयं सेवक संघको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जानकारी गराउनुभयो । अवधी पत्रकार संघ नेपाल र शिव पार्वती मन्दिर संरक्षक एवम् समाजसेवी माधवराम बर्माको प्रमुख आतिथ्यमा सम्पन्न बृक्षारोपण कार्यक्रममा परिवर्तन फाउण्डेशन नेपाल बाँके अध्यक्ष कृष्णदेवी पाण्डेय, मानव अधिकार शान्ति समाज बाँकेका उपाध्यक्ष प्रेम शर्मा, हिन्दु स्वयंसेवक संघ नेपालक...
फुल्टेक्रामा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी

फुल्टेक्रामा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, राप्तीरोड स्थित श्री शिवपार्वती मन्दिरमा सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक हुने गर्दछ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीका छोरी नाती समाजसेवी माधवराम वर्माका अनुसार कोभिड–१९ को महामारीमा आम मानिसहरुमा धेरै कष्ट परेको छ, त्यस दुःख कष्टलाई निवारण गर्नका लागी र भगवानले छिटै शान्ति दिऊन भनेर श्री शिवपार्वती मन्दिरमा दोस्रो लकडाउन शुरु भएको बैशाख महिनाको ९ गतेदेखि नै सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक आयेजाना हुने गर्दछ । सन्दरकाण्ड पाठको वाचन कार्यक्रममा आउने श्रद्धालु भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गरी बस्ने गर्दछन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीद्वारा निर्मित श्री शिवपार्वती मन्दिरमा...
कोरोना महामारी निवारणार्थ हवन गर्दै आर्य समाज

कोरोना महामारी निवारणार्थ हवन गर्दै आर्य समाज

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको प्रकोपलाई कम गर्न तथा देश भित्रै शान्ति स्थापनार्थ नेपालगन्ज आर्य समाजले बाँकेको सदरमुकाम नेपालगन्जको वडाहरुमा हवन गर्दै आईरहेको छ ।यसैक्रममा मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रादेखि शुरु गरि वडा नं. २२ पुरैनी, वडा नं. ५ फुल्टेक्रा लाईन, वडा नं. ३ ईदगाह लगायतको स्थानमा हिन्दु धर्मको मान्यता अनुसार मन्त्र जाप गर्दै हवनमा आहुती दिने कार्य आय समाजलगायत नेपालगन्जबासीहरुले गरेका छन् । नेपालगन्ज आर्य समाजले कोरोना महामारी निवारण हेतु औषधीयुक्त विभिन्न जडीबुटी, गाईको शुद्ध घ्यू आदिले गाडीमा हवन कुन्ड राखेर हवन गर्दै नेपालगन्ज बजार परिक्रमा गराईएको थियो ।मंगलबार आर्य समाजद्वारा आयोजना गरिएको हवन कार्यलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह र भाई सुधिरप्रताप सिंहको विशेष सहयोग रहेको हुँदा उनको प्रति आ...
अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ – बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत रु. ५ हजार १ सय रुपैयाँको सहयोग गर्नु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा कोभिड विरामी र बिरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहाँहरूको लागी बिहान र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आउनु भएको विकाश शर्माले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागी उहाँले नगद रू ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँंले सहयोग गर्नुभएको रकम नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधवराम वर्माले अन...
३ महिलासहित ४५ जनाले गरे रक्तदान

३ महिलासहित ४५ जनाले गरे रक्तदान

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ जेष्ठ – कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगन्जले कोभिड १९ को महामारी, बिषम परिस्थितमा मास्क, सेनीटाइजरको प्रयोग गरी र सामाजिक दूरी कायम गरेर जेष्ठ १५ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ स्थित रहेको फत्तेवाल आँखा अस्पताल नेपालगन्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला र पुरुष गरी ४५ जनाले रक्तदान गरेको छन् ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि डा. धवल शमशेर राणा, र कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशलकुमार वर्माले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको भएको थियो । रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्माका अनुसार रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक...
अवधी भाषी पत्रकार शेषलाई मातृशाेक

अवधी भाषी पत्रकार शेषलाई मातृशाेक

CoVid19, अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ जेष्ठ - अवधी पत्रकार संघ नेपाल बाँके शाखा सदस्य अवधी भाषी पत्रकार अरसद शेषलाई मातृ शोक परेको छ । शेषकी ६० वर्षिय आमा मोबिना बेगमको आज शुक्रबार साझा साढे ५ बजे आफ्नै निवासमा निधन भएको जनाईएकाे छ । अवधी भाषी पत्रकार शेषको आमाको निधन हृदयघातका कारण भएको परिवार स्राेतले जनाएको छ । अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले शोक बक्तव्य प्रकाशित गरी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा साधारण सदस्य, नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा न्युज फ्ल्यास साप्ताहिकका प्रकाशक/सम्पादक शेषकी ममतामयी आमा मोबिना बेगमको दुखद निधनप्रति बाँके शाखा स्तब्ध भएकाे शाेक वक्तव्यमा उल्लेख गरेकाे छ । जिल्ला शाखाद्वारा जारी शाेक वक्तव्यमा भनिएको छ, दुःखको यस घडिमा अवधी भाषी पत्रकार शेष र परिवारजनमा जिल्ला शाखा गहिरो समवेदना प्रकट गर्दछ । बाँके शाखाले शेषकी स्वर्गिय आ...
पन्चसिलद्वारा फुड बैंक सञ्चालन

पन्चसिलद्वारा फुड बैंक सञ्चालन

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको विषम परिस्थितिबाट गुज्रिरहेको नेपालगन्जमा फुड बैंक सञ्चालन गरिएको छ ।लायन्स क्लब अफ पन्चसिल नेपालगन्जद्वारा सञ्चालन गरिएको फुड बैंकद्वारा नेपालगन्ज भित्र रहेका गरिब, मजदुर, विपन्न वर्गहरुका लागि चामल, दाल, नून, आलु र खाने तेल उपलब्ध गराउने पन्चसिलका अध्यक्ष भावना सापकोटाले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा बागेश्वरी मन्दिर भित्र रहेको बौद्ध बिहारमा विधिवत उद्घाटन गरि आजबाट फुड बैंकको सञ्चालन गरिएको पन्चसिल क्लबका उपाध्यक्ष कृष्णादेवी पाण्डेयले बताउनुभयो । फुड बैंक उद्घाटन कार्यक्रममा बौद्ध बिहारका गुरुआमा यसोधरा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, पन्चसिलका सदस्य रमेश कुमाल, दैनिक नेपालगन्जका झलक गैरे, सत्यमखबरका चन्द्रेश्वरराज त्रिपाठी लगायतको सहभागितामा स्वास्थ्य स...
अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – “जहाँ आश हुन्छ त्यही निकास हुन्छ“ हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरूले माथि उल्लेखित भनाई सही सावित भएको छ ।हामी आशावादी सदैव हुनुपर्छ, निकास आवश्य देखिन्छ । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् । केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ । मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० के.जी. आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताउनु भयो । आज गरिएको सहयोग कार्यक्रमम...
नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसबाट विश्व त्राहीत्राही गरिरहेकाे बेला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा क्षमाप्रार्थना तथा महायज्ञ गरिएकाे छ । वडा नम्बर ८ नेपालगन्ज एकलैनी स्थित माता महाकालीको मन्दिरमा शानिबार सांझ ६ बजे कोरोना महामारीको रोकथामका लागि माता महाकाली क्षमाप्रार्थना तथा महायज्ञ गरिएको छ । बाँके जिल्ला तथा देशभर कोरोना महामारी बढेकोले महामारीबाट जिल्ला, देश वा समुदायलाई सुरक्षित राख्न क्षमाप्रार्थना तथा महायज्ञको कार्यक्रमलाई जय श्रीराम लाठी क्लबले आयोजना गरेको थियो । लाठी क्लबका पदाधिकारीहरुको सहयोगमा क्षमा पुजा तथा महायज्ञ समापन भएको थियो । क्षमाप्राथना तथा महायज्ञ कार्यक्रम स्थानीय अगुवा रमेशचन्द्र कुमालको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैगरी कुमालले सो अवसरमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरेका छ्न् ।...