
नेपालगन्ज, १९ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको प्रकोपलाई कम गर्न तथा देश भित्रै शान्ति स्थापनार्थ नेपालगन्ज आर्य समाजले बाँकेको सदरमुकाम नेपालगन्जको वडाहरुमा हवन गर्दै आईरहेको छ ।
यसैक्रममा मंगलबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रादेखि शुरु गरि वडा नं. २२ पुरैनी, वडा नं. ५ फुल्टेक्रा लाईन, वडा नं. ३ ईदगाह लगायतको स्थानमा हिन्दु धर्मको मान्यता अनुसार मन्त्र जाप गर्दै हवनमा आहुती दिने कार्य आय समाजलगायत नेपालगन्जबासीहरुले गरेका छन् ।
नेपालगन्ज आर्य समाजले कोरोना महामारी निवारण हेतु औषधीयुक्त विभिन्न जडीबुटी, गाईको शुद्ध घ्यू आदिले गाडीमा हवन कुन्ड राखेर हवन गर्दै नेपालगन्ज बजार परिक्रमा गराईएको थियो ।
मंगलबार आर्य समाजद्वारा आयोजना गरिएको हवन कार्यलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंह र भाई सुधिरप्रताप सिंहको विशेष सहयोग रहेको हुँदा उनको प्रति आर्य समाजद्वारा विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
मंगलबार आयोजित हवन कार्यक्रमको संयोजक सुभाष आर्य, रंजीत गीरी, प्रमोद आर्य, संदिप आर्य, नीरज आर्य, हरेकृष्णजी आर्य, श्याम शाक्य आर्य, अजय आर्य, राजकुमार आर्य, बिजय बराल आर्य, बालकृष्ण आर्य, प्रहलाद आर्य, प्रकाश भन्डारी, सोनु आर्य, सन्तोष आर्य, अनमोल आर्य लगायतहरूलाई समेत आर्य समाज नेपालगन्जले धन्यवाद ज्ञापन गरेको थियो ।
आउँदो जेठ २५ गतेको अन्तिम मंगलबार पनि यसै गरेर हवन गर्दै नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संयोजक सुभाष आर्यले बताएका छन् । संयोजक सुभाष आर्यका अनुसार आउने दिनमा आयोजना हुने हवन कार्यक्रममा सहयोगी हातहरुले आर्थिक वा अन्य कुनै किसिमको सहयोग गर्न इच्छुकहरूले नेपालगन्ज आर्य समाजमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेका छन् ।



