अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने
नेपालगन्ज, ९ जेष्ठ – “जहाँ आश हुन्छ त्यही निकास हुन्छ“ हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरूले माथि उल्लेखित भनाई सही सावित भएको छ ।हामी आशावादी सदैव हुनुपर्छ, निकास आवश्य देखिन्छ । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् ।
केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ ।
मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० के.जी. आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताउनु भयो ।
आज गरिएको सहयोग कार्यक्रमम...









