बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता
नेपालगन्ज, १९ असोज – बाँकेको नरैनापुर गाउँपालिका–४ उत्तमपुरको पहाडको चुचुरोमा रहेको वर्ष ८८ का केशव गिरी बाबा बर्फानीको मन्दिर र गौशालामा ०७७ भाद्र ३० गतेको दिन राती करीब ११ः३० बजेको समयमा अल्पसंख्यक समुदायका दर्जनौं व्यक्तिले बर्फानी बाबालाई ज्यानले नै मारी दिने उद्देश्यले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट बर्फानी बाबाको टाउकोमा गहिरो चोट पटक लागेको थियो, उपचार गर्ने क्रममा बाबाको टाउकोमा करीब १७ वटा टाँका लगाइएको थियो । अहिले आफूमाथि अल्पसंख्यक वर्गका दर्जनौं व्यक्तिले आक्रमण गरी ज्यानले नै मारी दिने प्रयास गरेको भन्दै बर्फानी बाबा श्री १००८ केशव गिरी महाराजले प्रहरीमा किटानी उजुरी दर्ता गराएका छन् ।
जाहेरी पत्रमा उल्लेख छ कि, प्रहरी चौकी कार्यालय भगवानपुर, बाँकेमा २०७७ असोज ४ मा घटना अनुसन्धान गरी पाउँ भनी निवेदन दिएको हाल पत्ता लगाउँदा निज अन्यायीहरुले नै म जाहेरवालालाई ज्या...









