Tuesday, March 31सत्यम खबर
Shadow

गौ माताको दुर्दशा !

अजयकुमार गुप्ता
नेपालगन्ज, २ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया गाउँमा गौ माताको दुर्दशा गरिएको छ । बुलबुलिया गाउँमा करीब ९ दिनदेखि एक गौमाता अस्वस्थ्य रही बेवारिसे अवस्थामा खाल्डोमा परी जीवन मृत्युसँग संघर्ष गरिरहेकी छिन् ।

उक्त गौमाता बुलबुलिया गाउँ बस्ने एक जना जाकिर खाँ नामको व्यक्तिको रहेको बुझिएको छ । गर्भावस्थामा रहेकी उक्त गौमाताको पछाडिको बायाँ खुट्टा भाँचिएको अवस्थामा छ । गौमाता शारीरिक रुपमा अस्वास्थ्य बने पनि गाईको मालिक जाकिर खाँले उनीलाई घर निकासा गरेका छन् । सो गौमाता २ दिन अगाडी सम्म किशुनलाल यादवको चिसा पसलको छेउमा परेकी थिईन अहिले गौमाता बुलबुलिया स्थित तरकारी मण्डीको नजिक रहेको खाल्डोमा परेकी छिन् । गौमाता जीवन मृत्यु सँग संघर्ष गरिरहेकी छिन् ।

यसको जानकारी वडा नं. १३ का वडाअध्यक्ष वीरेन्द्र शाह र वडा सदस्य सत्यनारायण यादवसम्म लाई छ तर गौमाताको जीवन रक्षा गर्न आवश्यक पहल गरेका छैनन् उनीहरुले । गौमाताको दुर्दशाको दोषी जाकिर खाँ सोझै रहेको देखिन्छ । स्वस्थ अवस्थामा रहँदा त्यसको दुध, दही खाए, अस्वस्थ हुँदा बेवारिसे अवस्थामा छाडेका छन् ।

गौमाता अहिले सम्म जिवित छन् उनी जीवन रक्षाको लागि गुहार लगाई रहेकी छिन् तर वडाअध्यक्ष वीरेन्द्र शाह वडा सदस्य सत्यनारायण यादव र जाकिर खाँ नदेखे जस्तो गरेकोले उनीहरुको सो गाउँमा आलोचना हुन थालेको छ । गौमाताको उपचार सम्बन्धमा आजको सामना साप्ताहिक पत्रिकाका सम्पादक अजयकुमार गुप्ताले एक संस्थाबाट गाई गोरु उपचार गर्ने व्यक्ति लक्ष्मी चन्दको मोबाईल नं. ९८४४८२७१८८ मा जाकारी गराउन खोज्दा उनले भेटेर कुराकानी गर्ने अनि मात्र कार्य गर्नेछौं भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *