Tuesday, November 4सत्यम खबर
Shadow

अपराध

सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्याः दुई मुख्य आरोपी पक्राउ

सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्याः दुई मुख्य आरोपी पक्राउ

अपराध, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सप्तरी, २ आश्विन – सप्तरी डाक्नेश्वरी–७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । उनीहरू बलात्कारका मुख्य आरोपी हुन् । अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । दुवै जनालाई सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट पक्राउ गरिएको भारतीले बताए । घरदेखि पाँच सय मिटर टाढा खेतमा संगीतामाथि सोमबार सामूहिक बलात्कार भएको थियो । बलात्कार भए पनि न्याय नपाएपछि उनले त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन् । पञ्चायती गराएर जनहीँ २५–२५ हजार रुपैयाँ तिराउने फैसला गाउँलेले गरेपछि उनले आत्महत्या गरेकी थिइन् । पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । बिही...
न्यायको प्रतिक्षामा सांघातिक आक्रमणका पीडित सागर विक

न्यायको प्रतिक्षामा सांघातिक आक्रमणका पीडित सागर विक

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २ आश्विन – बाँकेको खजुरा स्थित ए गाउँ बस्ने १९ वर्षिय सागर वि क माथि साउन ८ गते साँझ ५ बजे सांघातिक आक्रमण भएको थियो । दलित सागर माथि आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ गर्न नसकेको हुनाले पीडित परिवारको सुरक्षा निकायप्रति बिश्वासको दुरि कम हुँदै गएको बताउनुभएको छ । पीडित सागर विक र उनका आमा चन्द्रदेवी विक प्रेस मिटमा पीडा बताउँदै । तस्वीरः सत्यम खबर बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले गुनासो व्यक्त गरेका छन् । खजुरामा दलित सागर माथी सांघातिक आक्रमण भयो । पीडितले किटानी जाहेरी दिंदा पनि सुरक्षा निकाय मौन बसेको छ ।पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विकका अनुसार छोरालाई धनीमानी तथा माथिल्लो जातका ७ जना युवाहरू मिलेर मरणासन्न हुनेगरी आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दियौं । जाहेरी दिएको दुई महिना बित्दासम्म प्रहरीको ढिला सुस...
उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज १० का उदयबहादुर सिंह श्रेष्ठ विरूद्ध बाँकेका १८ जना सक्रिय पत्रकारले मुद्दा दायर गरेका छन् । श्रेष्ठले यहाँका पत्रकारलाई लगातार चार दिनदेखि गालीगलौजका साथै अपमान र असभ्य व्यवहार गर्दै सार्वजनिक रुप मै बदनाम गरेका कारण उनीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र प्रेस संगठनका अध्यक्ष डक्ट धितालको नेतृत्वमा प्रशासन कार्यालय पुगेका १८ जना पत्रकारहरूको टोलीले संयुक्त निवेदन दिंदै मुद्दा दर्ता गरेको छ । पत्रकारले श्रेष्ठमाथि कारवाहीको माग गर्दै मुद्दा नै दर्ता गराएपछि बाँके प्रशासनले विद्युत चोरीको अरोपित उदय सिंह श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । तोकिएको समयअवधी भित्र उनी सम्पर्...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – २०५४ सालदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दाका फरार बाँकेको खजुरा गाउँपालिका वडा नं–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । घट्नाको २३ वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रहरी टोलीले भाद्र २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी गराउनुभयो । प्रहरी प्रमुख रानाका अनुसार सोही मुद्दाका एक जना अभियुक्त अझै फरार रहेका छन् ।पक्राउ परेका २०५४ साल फागुन ७ गते सोही वडाका १९ वर्षीय नूर सलाम खाँलाई छातीमा गोली हानी र घाँटी रेटेर हत्या गरेका थिए । सोही मुद्दामा फरार अभियुक्त २०७२ अजोज १७ गते बाँके जिल्ला अदालतले २० वर्षको सजाय सुनाएको थियो ।...
पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका पुर्व मिटर रिडर नेपालगन्ज उपमहानगरपालीकाका वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेशण गरे कै कारण धम्काएका छन् । भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापामारेको थियो । सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीन दिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।सोही सम्बन्धी स...
अफिमसहित दुईजना पक्राउ

अफिमसहित दुईजना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – बाँके प्रहरीले ठूलो परिमाणमा लागु औषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङका २४ बर्षका बसन्त घर्ति र अर्का रुकुम पूर्वका ५३ बर्षका धनबहादुर सेन रहेका छन् । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको एसपी ओम रानाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । वडा प्रहरी कार्यालयका इनचार्ज हरि बस्नेत नेतृत्वको टोलीले उनीहरुलाई बाँकेको कुसुमबाट पक्राउ गरेको छ । उनीहरु लामो समयदेखि लागुऔषध कारोवारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको एसपी रानाले बताउनुभयो ।प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरेर कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने अफिमको कारोवारको केन्द्र नेपालगन्ज हुँदै भारतीय बजारसम्म हुने गरेको छ ।...
झुट्टा अफवाह फैलाउने महिला पक्राउ

झुट्टा अफवाह फैलाउने महिला पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र –अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ परेकी छिन् ।बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ०४ मैनवा घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०६ फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा भाडामा बस्ने बर्ष ३३ की आशिककुमारी चौधरी पक्राउ परेकी हुन् । उनले सानु दहितको नामबाट अर्कै केटीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासी जिल्ला बस्ने एक जनालाई उक्त आईडीबाट फेसबुक साथी बनाई फोन सम्पर्क गर्ने गरेको खुलेको छ ।भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै म नेपालगंजबाट आफ्नै गाडीमा हिडेको बताइकी थिइन् । तर बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले अ...
रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ भाद्र – जिल्ल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, दाँत, नांग्रासहित ५ जनालाई पक्राउ गरिएको छ ।आईतबार जिल्ला प्रहरी कार्यालय कै प्रा·णमा गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख ओमबहादुर रानाले बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) सहित ५ जनालाई पक्राउ गरिएको बताउनुभयो । घटनामा संलग्न पक्राउ पर्ने ब्यक्तिहरु जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ का कृष्ण वली, वडा नं.९ वस्ने वर्ष २८ का ईन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगा न.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जयबहादुर कामी, वर्ष २५ को गणेश वि.क., वडा नं.१२ वस्ने वर्ष ३६ को देवबहादुर बाँठा रहेको बताउनुभयो । देवबहादुर बाठा, गणेश बि.क., जयबहादुर बि.क. र कृष्ण बलीलाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको क...
पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – विभिन्न मुद्दामा फरार रहँदै आएका अभियुक्तहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कुन्ने तेली भनिने अलि हुसेन तेली, कनउ खाँ र बब्बु भनिने मोहम्मद सफिक खाँ रहेका छन् ।जिल्ला अदालत बाँकेबाट गौबध मुद्दामा २०७२ चैत्र १० गते फैसला भई १२ वर्ष कैद सजाय पाएका अलि हुसेन तेली फरार रहँदै आएका थिए । तर प्रहरीको सक्रियताले खजुरा गाउँपालिका वडा नं. ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर पोषणराज थपलियाले बताउनुभयो । साविकको सोनपुर गाविस वडा नं. ८ हाल खजुरा गाउँपालिका वडा नं. ७ गुनाहना बस्ने ३१ वर्षका अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर थपलियाले बताउनुभयो ।यसैगरी, खजुरा गाँउपालिका ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई समेतलाई इलाका प...
नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

नरैनापुर गाउँपालिका विरुद्ध सूचना आयोगमा उजुरी अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २३ भाद्र – बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवाद राष्ट्रिय सूचना आयोगमा पुगेको छ ।भत्ता, करार कर्मचारी, गाउँपालिकाको शहरी कार्यालय लगायत भ्रष्टाचार जन्य कार्यको चौतर्फी आलोचना भइरहँदा गाउँपालिकाले विभिन्न ब्यक्तिहरुले मांग गरेको सूचना उपलब्ध नगराएर झन विवादमा तानिएको हो । स्थानीय बासिन्दा गुरुमूरत यादव, फारुक अहमद खाँ, वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, पत्रकार विनय दीक्षित लगायत ब्यक्तिहरुले फरक फरक सन्दर्भमा मांग गरेको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ ।मांग गरिएका र कानून बमोजिम दिन मिल्ने सूचना समय भित्र उपलब्ध गराउनु पर्नेमा गाउँपालिकाले सो बारे मौनता कायम राखेको गुरुमूरत यादवले बताए । मैले गाउँपालिका क्षेत्रमा जडान भएका र जडान हुन बाँकी भई खरीद प्रक्रियामा रहेको सौर्यउर्जा बारे सूचना...