Wednesday, May 27सत्यम खबर
Shadow

आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

नेपालगन्ज, ४ कार्तिक – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको बेला विशेष सुरक्षा योजना अन्तर्गत घटना भएको ३० सेकेन्डमा घटना स्थल पुग्ने गरी ‘क्यूआरटी’ क्वीक रेस्पोन्स टीम परिचायन गरेको छ ।


नेपालगन्जको धम्बोझी चोक र कोहलपुरको चौराहामा बेस बनाएर क्वीक रेस्पोन्स टीम परिचालन गरिने बाँके प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो । घटना भएको थाहा पाएको ३० सेकेन्ड मै मूभ हुने गरी धम्बोझी चोकमा १२ वटा मोटरसाईकल र एउटा भ्यान स्टेण्डवाई राखिएको बताउनुभयो ।


प्रहरी प्रमुख एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी स्टेण्डवाई राखिएको छ ।
‘घटना भएको थाहा पाएको ३० सेकेण्डमा मोटरसाइकल मूभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मूभ हुन्छ,’ एसपी रानाले भन्नुभयो–, ‘धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्दार गर्नका लागि राखिएको छ ।’


बाँके प्रहरीले चाडपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ । त्यस अन्तर्गतको क्वीक रेस्पोन्स टीमको परिचालनको आज मंगलबार धम्बोझीमा उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *