Tuesday, March 31सत्यम खबर
Shadow

मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

नेपालगन्ज, १९ असोज – नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडामा यतिखेर साम्प्रदायिक सौहार्द बिगार्नमा स्वयं वडाध्यक्ष नै सक्रिय रहेको देखिन्छन् ।
७ नं. वडाको प्रगतिशील मार्गमा ऐतिहासिक भगवान तलाउ रहेको थियो । यो तलाउको पूर्वपट्टि २०४४ सालमा स्व. रामलाल पोरवाल, स्व. राम गोपाल पोरवालको स्मृतिमा सुन चाँदी व्यवसायी साँवली पोरवाल, राधेश्याम पोरवालले राम जानकी मन्दिरको निर्माण गराएका थिए । उत्तरपट्टिमा मन्दिरको परिसर छ । यहाँ दशकौंदेखि हिन्दुजनहरु फागू पूर्णिमा (होली)मा होलिका दहन, तिज व्रतमा विविध कार्यक्रमको आयोजना त्यस्तै बडादशैंमा दुर्गा प्रतिमा स्थापना गरी नवरात्रि पर्वसम्म दुर्गा स्तृति कार्यक्रमको आयोजना गर्दै आएका छन् ।


अहिले हिन्दु आस्थाको यस जमिनमाथि ७ नं. वडाका वडाध्यक्ष जुम्मन खाँको कुदृष्टि परेको छ ।
नपढे लेखेका निरक्षर वडाध्यक्ष खाँले पहिले ऐतिहासिक भगवान तलाउको अस्तित्व समाप्त पार्ने गरी त्यहाँ माटो पटान गरी खाली जमिनमा ७ नं. वडाको वडा समिति कार्यालय भवन र स्वास्थ्य केन्द्र निर्माणका लागि केही बजेट समेत छुट्याइ सकेका छन् ।
अहिले उनी रामजानकी मन्दिरको परिसर नै कब्जा गर्ने मन्साय बनाउँदै वडाका अवाञ्छित कुतत्व साम्प्रदायिक व्यक्तिलाई वार्डमा खटाएका छन् । त्यस्ताहरुको कारण सो टोलमा रहेका भक्तजन आक्रोशित बनेका छन् । महिनौं दिन अघि भगवान तलाउलाई माटोले पुरिरहेको समय नेपालगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख डा. धवल शम्शेर राणा त्यहाँ उपस्थित भइ– वडाको विकासका लागि विभिन्न कार्यहरु गराउने बाचा गरेका थिए । त्यसपछि रामजानकी मन्दिरको जमिन विवाद नगर प्रमुख राणाको कारण समाप्त भएको थियो ।


अहिले मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष खाँ लागेपछि शनिवार दिन त्यहाँ जमिन बचाउने संघर्ष समितिको बैठक बस्यो । सो बैठकमा भगवान तालेश्वर महादेव समितिका पदाधिकारी, समाजसेवी, जनसेवी र सर्वसाधारणहरुको सहभागिता रहेको देखियो । बैठकले मन्दिरको परिसर बचाउन जे जस्तो अवस्थामा लागेर कार्य गर्ने बचनबद्धता दोहो¥याए ।
वडाका समाजसेवी तथा लक्ष्मण व्यायामशालाका प्रमुख लक्ष्मण केसी ढकालको अध्यक्षतामा बसेको सो बैठकमा प्रख्यात समाजसेवी तथा साहित्यकार सनत रेग्मीले आफ्नो उमेर ७४ वर्षको भई सक्यो पहिलेदेखि नै यो मन्दिर परिसरमा धार्मिक कार्यक्रमको आयोजना हुँदै आएको छ यस कारण वडा समितिले मन्दिरको जमिन छाडी पश्चिमतर्फ रहेको जमिनमा सीमित रही निर्माण विकासको कार्य गर्नु प¥यो । मन्दिरको जमिनमा निर्माणको लागि कुनै प्रकारको बजेट छुट्याउनु हुँदैन । निर्माण विकास कार्य गर्नु छ भने मन्दिर समितिसँग सहमति गरी गर्नु प¥यो । मन्दिरको जमिनको मालिक मन्दिर समिति हो वडा समिति कार्यालय होइन । स्पष्टताका साथ आफ्नो विचार राख्नुभयो ।


वडाका पूर्व अध्यक्ष हर्कबहादुर गुरुंगले निरक्षर, अनपढ वडाध्यक्ष यस वार्डको लागि अभिषाप बनेका छन् । मैले आफ्नो कार्यकालमा कैयन पटक भगवान तलाउको सफाई कार्य गराएँ ऐतिहासिकता नमेटियोस् यस कारण तलाउको वास्तविक स्वरुप परिवर्तनको लागि कार्य गरेन भन्दै उनले अहिले वडाध्यक्ष खाँ यस वार्डको साम्प्रदायिक सौहार्द बिगार्न र हिन्दुजनमानसलाई गिज्याउन मन्दिरको जमिन कब्जा गर्ने प्रयासमा छन् । यस वार्डका वडावासी मन्दिरको जमिन कहिल्यै कब्जा हुन दिँदैनन् यसको लागि कर्डा संघर्ष गर्नु प¥यो पछाडी कोही पनि हट्दैन भने ।
वडाका जनसेवी प्रशान्त श्रेष्ठले यस वार्डमा साम्प्रदायिक सौहार्द बिगार्ने कसैलाई पनि छुट छैन । वडाध्यक्ष खाँले यस्तो कार्य गर्ने प्रयास गरे सम्पूर्ण वडावासी मिलेर उनीलाई कडा जवाफ दिनेछन् । मन्दिरको परिसरमा दशकौंदेखि होली पर्वमा होलिका दहन, तीज र दुर्गा पुजा जस्तो कार्यक्रमको आयोजना हुँदै आएको छ । सो परम्परालाई निरन्तरता हामीहरु दिन्छौं समाप्त हुन दिँदैनौ भने ।
त्यस्तै जनसेवी सुरेश श्रेष्ठले मन्दिरको जमिन कसैले कब्जा गर्ने प्रयास गर्छ भने हामी यसको कडा विरोध गर्छाैं । हामी निर्माण विकास कार्यको बाधक होइनौं तर आफ्नो मन्दिरको एक इन्च जमिन पनि कसैलाई दिँदैनौं । नगर प्रमुख राणाले मन्दिरको सो जमिनसँग छेडछाड नगर्नु यो कुरा वडाध्यक्ष खाँलाई निर्देशन दिँदै भन्नु भएको थियो तर अहिले वडाध्यक्ष खाँ नगर प्रमुख डा. राणाको निर्देशनको पालना नगरी साम्प्रदायिक सौहार्द बिगार्नमा उद्धत छन् उनीको यस्तो कुकृत्यको कडा जवाफ दिनेछौं भने ।
तालेश्वर मन्दिर समितिका अध्यक्ष विनोद कश्यपले यहाँ प्राप्त भएको भगवान शिवको मूर्ति चोरी भएको छ तर मन्दिर अवश्य निर्माण हुन्छ । कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता हुन लागेको निर्माणधीन मन्दिर समितिको विधान देखाए ।
वडाध्यक्ष जुम्मन खाँले रामजानकी मन्दिरको उत्तरतर्फ रहेको खाली जमिन कब्जा गर्ने षडयन्त्रमा लागेपछि यस वडाका वडाध्यक्ष विरुद्ध सम्पूर्ण वडावासी लामबद्ध भएका छन् । जसरी–जसरी मन्दिरको जमिन कब्जा गर्ने योजना उनी बनाई रहेका छन्, त्यसरी त्यसरी उनीको विरुद्ध वडावासी एकताबद्ध हुन थालेका छन् । यस्तै स्थिति अझ कायम रहने हो भने यहाँ मुठभेडको स्थिति सिर्जित हुने अवस्था छ । यस कारण मुठभेडको स्थिति पैदा नहोस् यसको लागि स्वयं नगर प्रमुख राणाले यस विवादलाई साम्य पार्नुपर्ने जागरुक, सचेत वडावासीको माग रहेको बुझिन्छ ।
वडाअध्यक्ष जुम्मन खाँको भनाई अनुसार त्यस स्थानमा कसैको कब्जा गर्न लागिएको वा सम्प्रदायिक सौहार्द बिगार्न लागेको होइन, हामीले विकास गर्न कै लागि खाली सरकारी जग्गामा सरकारको पैसा लगानी गरी माटो पटान गरेको हो, त्यहाँ स्वास्थ्य चौकी वा वडा कार्यालय बन्दा मैले मात्र प्रयोग गर्ने होइन, सम्पूर्ण वडाबासीले नै प्रयोग गर्ने हुन तर पनि यदि केही सर्वसाधारणको भनाई त्यस्तो छ भने मैले त्यहाँ किन केही बनाउनु प¥यो, अब म केही बनाउने छैन, आउने वडाअध्यक्षले नै बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *