
नेपालगन्ज, १५ असोज – विगत ३ महिना अगाडी छिमेकी राष्ट्र भारतको बिहार प्रदेशका नायक सुशान्तसिंह राजपूतको ‘हत्या वा आत्महत्या’ घटनाको अनुसन्धानको क्रममा प्रहरीले ड्राग्स कनेक्सनको एंगलबाट घटनालाई अनुसन्धान गरिरहेको छ ।

सुशान्तसिंह राजपूतको प्रेमिका मानिएकी रिया चक्रवर्तीलाई २४ दिन अगाडी प्रहरीले पक्राउ गरी अनुसन्धानको थालनी गरेपछि हाल बलिउडका दिग्गज कलाकारहरु पनि त्यसमा जोडिंदै गएका छन् ।

बलिउडमा पहिलो पटक नायकहरु पनि जोडिएका छन् । नायकहरुको नाम आएको पहिलो पटक हो । यो घटनामा शाहरुख खान लगायत चार जना बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाए अनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम जोडिएको थियो । तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम आएको हो । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठूला नायकहरुको बारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ । (एजेन्सी)
