Tuesday, March 31सत्यम खबर
Shadow

अपराध

१३ किलो गाँजासहित दुई पक्राउ

१३ किलो गाँजासहित दुई पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीले १३ किलो लागू औषध गाँजासहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका ११ बस्ने ४२ बर्षिय बिसराम थारु र राप्तीसोनारी गाउँपालिका ५ गोरधुई बस्ने २५ बर्षिय रामबहादुर चौधरीलाई उक्त परिमाणको गाँजासहित शनिबार डुडुवा गाउँपालिका ५, कमरसाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी गराउनुभयो ।बाँके प्रहरीले उनीहरुको साथबाट २ वटा प्लाष्टिकको बोरा र २ वटा प्लाष्टिकको झोलामा बनाई राखेको १३ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।...
एसपी रानाको एकपछि अर्को सराहनीय कार्य, १० लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

एसपी रानाको एकपछि अर्को सराहनीय कार्य, १० लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – बाँके जिल्लामा सरुवा भई आएको करीब अढाई महिना हुन लाग्दा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर रानाले नेपालगन्ज बासीमा आफ्नो ध्यान केन्द्रित गर्ने योग्य एक–पछि अर्को सराहनीय कार्य गर्दै आएका छन् । बाँके जिल्ला अदालतबाट मुद्दा फर्चौट भई १०० बढी फरार अभियुक्त पक्राउ गरि कारागार चलान गराई सकेका प्रहरी प्रमुख एसपी रानाले कोरोना कालमा जनता माझ कसरी सचेतना अपनाउन सकिन्छ र कोभिड–१९ रोकथाम गर्न के उपयुक्त छ भन्ने सन्देश समेत फैलाउने कार्य गरेका छन् ।यस्तै सराहनीय कार्यहरुमा आज शुक्रबार पत्रकार सम्मेलन मार्फत पुनः नातामा साला पर्ने अपहरण गर्ने भिनाजु पक्राउ परेका छन् । प्रहरी प्रमुख एसपी रानाका अनुसार ससुरासँग ४ लाख ८५ हजार नगर रहेको थाहा जानकारी पाएपछि नेपालगन्ज–१६ निवासी कल्लू भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका छन् ।...
दोषीलाई हदैसम्म कार्यवाहीको माग गर्दै ज्ञापनपत्र

दोषीलाई हदैसम्म कार्यवाहीको माग गर्दै ज्ञापनपत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – रौतहट जिल्लाको माधवनारायन नगरपालिका बडा नं. २ खेसरहीया स्थित श्री हनुमान मन्दिरको पुजारी रामसाह तेलीको गोली हानी हत्या गरिएको विरोधमा विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति बाँकेले शुक्रबार जिल्ला प्रशासनमा दोषीलाई कडा कार्यवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । यही भाद्र ३ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिका वार्ड नं २ खेसरहिया बजार स्तिथ श्री हनुमान मन्दिरको महन्त तेलीको गोली हानी हत्या गरिएको थियो । हत्याको खबरले सम्पूर्ण सनातनी समुदायलाई मर्माहित बनाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा पीडितलाई कानुन बमोजिम न्याय र पीडकलाई हदैसम्म कानुनी कार्यवाहीको माग गर्दै घटनाको बिरोधमा बिश्व हिन्दू परिषद नेपालमार्फत जिल्ला प्रशासन कार्यालय बाँकेलाई परिषदका अध्यक्ष बृजेशबहादुर सिंहले शुक्रवार ज्ञापन पत्र बुझाएका छन् ।यसैगरी विश्व हिन्दू परि...