मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !
नेपालगन्ज, १९ असोज – नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडामा यतिखेर साम्प्रदायिक सौहार्द बिगार्नमा स्वयं वडाध्यक्ष नै सक्रिय रहेको देखिन्छन् ।७ नं. वडाको प्रगतिशील मार्गमा ऐतिहासिक भगवान तलाउ रहेको थियो । यो तलाउको पूर्वपट्टि २०४४ सालमा स्व. रामलाल पोरवाल, स्व. राम गोपाल पोरवालको स्मृतिमा सुन चाँदी व्यवसायी साँवली पोरवाल, राधेश्याम पोरवालले राम जानकी मन्दिरको निर्माण गराएका थिए । उत्तरपट्टिमा मन्दिरको परिसर छ । यहाँ दशकौंदेखि हिन्दुजनहरु फागू पूर्णिमा (होली)मा होलिका दहन, तिज व्रतमा विविध कार्यक्रमको आयोजना त्यस्तै बडादशैंमा दुर्गा प्रतिमा स्थापना गरी नवरात्रि पर्वसम्म दुर्गा स्तृति कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
अहिले हिन्दु आस्थाको यस जमिनमाथि ७ नं. वडाका वडाध्यक्ष जुम्मन खाँको कुदृष्टि परेको छ ।नपढे लेखेका निरक्षर वडाध्यक्ष खाँले पहिले ऐतिहासिक भगवान तलाउको अस्तित्व समाप्त पार्...









