Tuesday, November 4सत्यम खबर
Shadow

अपराध

रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’ मै सीमित

रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’ मै सीमित

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चन्द्रपुर (रौतहट), ३१ जेष्ठ – रौतहट जिल्लामा पछिल्लो समय काठ चोरी, कटानी र वन अतिक्रमणका घटना दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएका छन् । स्थानियवासी तथा संरक्षणकर्मीहरू काठ तस्करीको श्रृंखलाबद्ध घटनाबाट चिन्तित छन् । तर, यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ । रौतहटका विभिन्न वन क्षेत्रहरू — जस्तै गैडाटार, गढीमाई, फतुवा बिजयपुर, गुजरा, चपुर, रंगपुर लगायतका स्थानहरूमा रातारात काठ चोरी हुने क्रम बढ्दो छ । स्थानीय स्रोतका अनुसार सुनियोजित रुपमा वन माफियाहरूले रातिको समयमा साईकल तथा ठेला गाडाबाट काठ निकासी गर्ने गरेका छन् । वन रक्षकहरू मूकदर्शक बनेका छन् भने कतिपय अवस्थामा उनीहरूको मिलोमतोमा तस्करी भइरहेको जनगुनासो रहेको छ । रौतहटमा कार्यालयको उदासिनताका कारण फडानी र अतिक्रमणका कारण ...
५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – कोहलपुरको ३ स्टार मोबाइल पसलबाट धम्काएर ५ लाख असुली गरेको आरोपमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यबसायि संघ कोहलपुर अध्यक्ष गोबिन्द भण्डारी सहित ५ जना पक्राउ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । उनका अनुसार यस्तै पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।...
नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाली काँग्रेसका वडा सदस्य रियाज खाँलाई जिल्ला अदालत बाँकेले ७ दिन म्याद थप गरेको छ ।   जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरि आज अदालतले ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ । नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा नेपाली काँग्रेसका वडा सदस्य समेत रहेनु भएका खाँलाई अदालतले ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकम खोज्न सहयोग आचाना गर्दा सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो स...
जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २७ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा वडा सदस्य खाँलाई इलाका प्रहरी कार्यालय भगवानपुरले आज पक्राउ गरेको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकमको माग गर्न गएकी थिइन् । तर, सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बताउनु भएको छ । पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टो...
नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

नरैनापुरमा अपांगता भएको किशोरी माथि बलात्कार

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २५ बैशाख - बाँके नरैनापुरमा एकजना शारीरिक र मानसिक अपांगता भएकी किशोरी माथि जबरजस्तीकरणी भएको तथ्य बाहिर आएको ।   नरैनापुर गाउँपालिका वडा नं.१ स्थित एक २१ वर्षिया आपांगत भएकी किशोरी जबरजस्तीकरणीको शिकार भएको विषयमा ईलाका प्रहरी कार्यालय भगवानपुरमा विहिवार जाहेरी पेश गरिएको छ । घरमा कोही नभएको मौकामा विहिवार विहान अं.१० बजेको समयमा घरमा एक्लै रहेकी किशोरी माथि नरैनापुर गाउँपालिका वडा नं.१ बनियागाउँ बस्ने २५ वर्षिय अजमल साईंले जबरजस्तीकरणी गरेको आरोपमा उजुरी परेको प्रहरीले जनाएको छ ।   घटना सम्बन्धमा उजुरी आएको छ, प्रहरीले भन्यो, बाँकी विवरण अनुसन्धान पछि खुलासा हुनेछ । तीन दिन अघि नरैनापुर गाउँपालिका वडा नं.१ का वडा सदस्य रियाज खाँ माथि जबरजस्तीकरणी उद्योग मुद्दा दर्ता भएको छ ।   यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षकल...
भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

भारतको ‘अपरेशन सिन्दूर’ मा खुला सीमा सम्वाद समूहले जनायो समर्थन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, २४ बैशाख – भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् । खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेप...
नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उनमुक्ति पार्टी का संरक्षक रेशम चौधरी पक्राउ

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौँ, १७ बैशाख – नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी बुधबार दिउँसो १ बजेतिर पक्राउ परेका छन्। उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। ‘सर्वोच्च अदालतले तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएकाले पक्राउ गरेका हौँ’, उनले भने। २०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका चौधरी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। उक्त रिटको सुनाइ गर्दै पक्राउ गरेर थुनामा पठाउन अदालतले आदेश दिएको प्रहरी प्रमुख अधिकारीले बताए।...
वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १६ बैशाख – ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो । टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भ...
सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् । उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्ट...
७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

७० लाख मूल्य बराबरको चरेससहित नेपाली तस्कर पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ चैत – लागूऔषध तस्करी रोक्न र तस्करीमा संलग्न अपराधीहरूलाई पक्राउ गर्न बहराइचका प्रहरी उपरीक्षकले सञ्चालन गरिरहेको अभियानका क्रममा अतिरिक्त प्रहरी उपरीक्षक (ग्रामीण) दुर्गाप्रसाद तिवारी र इलाका अधिकारी नानपारा प्रद्युम्न सिंहको नेतृत्वमा र इन्चार्ज इन्स्पेक्टर रूपैदिहा दद्दन सिंहको निर्देशनमा सञ्चालित चेकजाँच अभियानको क्रममा नेपालबाट आउँदै गरेको एक लागूऔषध तस्करलाई १ किलो ८०० ग्राम अवैध नेपाली चरेससहित पक्राउ गरिएको छ । इन्चार्ज इन्स्पेक्टर रुपैडिहा दद्दन सिंहले भने कि रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त गस्तीको क्रममा, जसमा सब इन्स्पेक्टर अशोककुमार, चौकी इन्चार्ज शिवपुर मोहर्निया र युएन सन्तोषकुमार यादव र एसएसबीको संयुक्त टोली थियो । जब उनीहरू आइ.सी.पी.मा सवारी साधन र आउने–जाने मानिसहरूको जाँच गरिरहेका थिए । रोड चेक पोस्ट रुपैडिहामा एक नेपाली व्यक्ति नेपालबाट आउँदै ग...