नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी
            नेपालगन्ज, ३ श्रावण – नेपालन्ज उपमहानगरपालिकालाई यही आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको छ ।
जस अन्तर्गत शुक्रबार नेपालगन्जको घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित प्रक्रियामा आउन अनुरोध गरिएको नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्राकुमारी पुरीले बताउनुभयो ।
उहाँले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताउनुभयो । अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि, वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले शुक्रबार नेपालगन्जको धम्बोजी र घरबारी ...        
        
    
                            







