
नरैनापुर, ३ फागुन – नरैनापुर गाउँपालिका वडा नं. ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई जबरजस्ती करणी (बलात्कार) मा पक्राउ गरिएकाे छ ।
मटेहियादेखि नरैनापुर जाने माेडमा आज करीब ५ बजेतिर जबरजस्ती करणी गर्दा अत्यधिक रक्तश्राव भई युवतीकाे अवस्था गम्भीर रहेकाे जानकारी पाउन साथ हामी घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारकाे लागि नेपालगन्जमा रहेकाे भेरी अस्पताल पुर्याउनुका साथै आराेपी जगबहादुर तेलीलाई पक्राउ गरिएकाे भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टाेपेन्द्र बुढामगरले बताएका छन् ।
महिलाकाे अवस्था गम्भीर रहेकाे जानकारी गराउँदै भगवानपुर ईलाका प्रहरी कार्यालय प्रमुख बुढामगरले थप अनुसन्धान भईरहेकाे बताए ।
घटना स्थलमा अत्यधिक रक्तश्रव भएकाे स्थानियहरूले जानकारी गराउँदै पीडित नाबालक युवतीकाे उमेर १५ वर्ष भएकाे बताएका छन् ।