Wednesday, September 30सत्यम खबर
Shadow

अपराध

सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि १० हजार जरिवाना

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना गरेको छ । आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगन्ज उपमहानगरपालिकामा पठाएको थियो । अभिनब बर्माले सामाजिक संजाल ‘फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो । नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकार...
दीपक मनाङे आजै कारागार चलान हुने

दीपक मनाङे आजै कारागार चलान हुने

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २७ कार्तिक – पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो लागिएको थियो । मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट अदालतमा उपस्थित गराइएको छ । त्यसपश्चात उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । मनाङेले मुद्धामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेका...
लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

लागु औषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, १५ कपिलवस्तु - कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै लागु औषध सेवनकर्ता तथा करोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आएदेखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्तिहरू पक्राउ गरि मुद्दा चलाएका छन्। उहाँ आएदेखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवीहरू बताउँछन्। सोही क्रममा कार्तिक १४ बुधवारका दिन साझ ७ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि...
अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अदालतको अन्तरिम आदेशको अवहेलना गरे कडा कानुनी कार्वाही हुनेः प्रहरी प्रमुख एसपी कार्की

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक – जानकी गाउँपालिका वडा नं. ४, सहादतपुरमा रहेको चाचा ईट्टा उद्योगले अदालतको अन्तरिम आदेशलाई समेत नमान्ने बताएको छ । विहिबारका दिन ‘‘अटेरी गर्ने चाचा ईट्टा उद्योगलाई अदालतको अन्तरिम आदेश’’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि नेपाल ईट्टा उद्योग व्यवसायी संघले सो सम्बन्धी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालयमा आवश्यक सहयोग सम्बन्धमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयलाई ‘‘आवश्यक कार्याथ सम्बन्धमा’’ उल्लेख गरि पत्र पठाएको थियो । सोही पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित जानकी गाउँपालिका प्रमुख छब्बन खान, चाचा ईट्टा उद्योगका प्रोप्राईटर नसिम खान तथा नेपाल ईट्टा उद्योग व्यवसायी संघका पदाधिकारीहरु बीच छलफल गराई अब उप्रान्त अदालतको आदेशानुसार कार्यान्वयन गर्ने गराउने भनी सहमति गराई प...
अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

अपराध, आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सिन्धुपाल्चोक, १३ कार्तिक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगतअनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल, उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रकाश आचार्य, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपाप्रधान, इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेमकुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्रबहादुर बस्नेत सम्मिलित उच्च स्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–११ मा सञ्चालनमा आएका क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो...
गौहत्यामा संलग्न ५ जना रंगेहात पक्राउ

गौहत्यामा संलग्न ५ जना रंगेहात पक्राउ

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ कार्तिक – सिलसिलेवार रुपमा बाँके जिल्ला भित्र निर्धक्कता साथ नेपालको राष्ट्रिय जनावर गाईको हत्या घटनाहरु बेला बखत सार्वजनिक हुँदै आईरहेका हुन्छन् तर त्यसमा सम्बन्धित प्रहरी प्रशासनले रोक किन लगाउन सक्दैन भन्ने प्रश्न आज बाँकेबासीहरुले उठाई रहेका छन् । जानकी गाउँपालिका वडा नं. ६ को गनापुरमा गाई चरण स्थलमा आज १४ वटा मृत गाईहरुको अवशेषसहित ५ जनालाई रंगेहात पक्राउ गरिएको छ । गनापुरमा उक्त घटना धेरै दिनदेखि नै हुँदै आईरहेको स्रोतको दाबी छ तर पनि कसैको ध्यानाकर्षण किन हुन सकेको थिएन ? जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा आज विहिबार छापामारी ५ जनालाई रंगेहात पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका वडा नं. ८ का इस्माइल जोलाह, अमुद्दीन खान, जावेद चिकुवा रहेका छन् भने जानकी गाउँपालिका वडा नं. ५ बुडिया गाउँ बस्ने सफिक आ...
नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कार्तिक – राष्ट्रिय एकता अभियानले आज एक पत्रकार सम्मेलनमा चिनियाँ राजदूत चेन सोङद्वारा गरिएको भ्रामक दाबीको विरोध गर्दै नेपाल सरकारसँग कूटनीतिक कदम चाल्न माग गरेको छ। सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको थियो। नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार, नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ। तर, चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौं चक्रपथ दोस्रो चरण, हिल्सा-सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआ...
निर्देशक डा. द्वारिका उप्रेती २० लाख घुस लिएको आरोपमा छानबिनमा तानिए

निर्देशक डा. द्वारिका उप्रेती २० लाख घुस लिएको आरोपमा छानबिनमा तानिए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० कार्तिक – वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेको छ। उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रूपैयाँ लिएको रसिद सहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेपछि उनी छानबिनमा तानिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचाभएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको मन्त्रालयलका सहसचिव निश्चलराज पाण्डेले बताए। 'हामीले उहाँलाई परेको उजुरीबारे छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेका छौं। हो वा होइन छानबिन समितिको प्रतिवेनपछि थाहा हुनेभयो,' उनले भने। मन्त्रालयले छानबिनका लागि कार्यकारी निर्देशक डा. उप्रेतीलाई विहीबारदेखि मन्त्रालय तानेको अधिकारिहरूले बताएका...
भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १० कार्तिक – भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो । जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ । भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइद...
जासुसीको आरोपमा एक चिनियॅा गिरफ्तारीले चीन-जर्मनी समबन्ध संकटमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव

जासुसीको आरोपमा एक चिनियॅा गिरफ्तारीले चीन-जर्मनी समबन्ध संकटमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ कार्तिक – चिनियॅाहरुको कर्तुतले जर्मनी फायर भएको छ । ३८ वर्षीय यान्की एक्स जासुसीको आशङ्कामा जर्मनीको लाइपजिगमा एक चिनियाँ नागरिकको रुपमा गिरफ्तारीले चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न गरेको छ। यस घटनाक्रमलेले विदेशमा जासुसी गतिविधिमा चीनको संलग्नताको बारेमा चिन्तालाई पुनः जगाएको छ। जर्मन अधिकारीहरूका अनुसार याकी एक्स एयरपोर्टमा एक लजिस्टिक कम्पनीमा काम गर्थे र कथित रूपमा उडानहरू, यात्रुहरूको आवागमन र सैन्य कार्गोको विवरण चिनियाँ गोप्य सेवाहरूसँग जोडिएको सम्पर्कमा पठाउने गरेको पाइएको छ। यस गिरफ्तारीले चिनियाँ सरकारको लागि ठूलो अप्ठ्यारोको प्रतिनिधित्व गर्दछ विशेष गरी एयरपोर्टले युक्रेन लगायत रक्षा निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो मुद्दा जर्मनीको अति दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) का संसदीय सहायक जियान जीलाई यस वर्षको...