Sunday, May 31सत्यम खबर
Shadow

समाज

डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँकेको नेपालगन्जबाट सोमबार डाक्टर, नर्स र प्रहरी सहित १४ जना कोरोना मुक्त भएर डिस्चार्ज हुँदैछन ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज हुन लागेका छन् । विभिन्न आईसोलेशनमा बसेका उनीहरुलाई आजै सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको श्रेष्ठले बताए । श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरिएको थियो ।आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे ।बाँकेमा हालसम्म ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज सम...
बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

बाँके युनेस्कोद्वारा जमुनाहा नाकामा खाना, पानी र मास्क वितरण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – बाँके युनेस्को क्लबले भारतबाट स्वदेश फर्किएका २५ हजार भन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा गत जेठ २२ गतेबाट नाकामा शुरु गरिएको तयारी खाना, पानी र मास्क वितरण कार्यलाई आईतवार समापन गरिएको छ ।बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले समापन कार्यक्रममा बोल्दै गत १ दिनको अवधीमा भारतबाट फर्किएका २५ हजार १२ जना सर्वसाधारणलाई जमुनाहस्थित होल्डिंग सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार शुरुमा एक महिनाका लागि मात्र वितरण गर्ने लक्ष्य राखिएपनि पछि स्थानीय प्रशासन र उपमहानगरपालिकाको आग्रहमा समय थप गरिएको थियो ।सो वितरण कार्यको समापन गर्दै नेपालगन्ज उपमहानगरका ...
सूचना माग्ने बहानामा वडाध्यक्षद्धारा कर्मचारीलाई दुव्र्यहार

सूचना माग्ने बहानामा वडाध्यक्षद्धारा कर्मचारीलाई दुव्र्यहार

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ७ भाद्र – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र र वडा नं. ३ का वडाध्यक्ष भण्डारीलाल यादवको समुहले गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गरि दुव्र्यवहार गरेको छ ।वडाध्यक्ष मिश्रको नेतृत्वमा करिब ३० जनाको समूहले गाउँपालिका कार्यालयमा विभिन्न विषयमा सूचना माग गर्ने क्रममा सूचना अधिकारी सञ्जयकुमार कर्णलाई गाली गलौज गरि अपशब्द, अभद्र शैलीसहितको गरिएको दुव्र्यवहारको घटनाप्रति पालिकाका कर्मचारीले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।कार्यालयका सूचना अधिकारी आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला वडाध्यक्ष मिश्र नेतृत्वको समुहले सूचना माग निवेदन दर्ताको प्रक्रिया कै क्रममा मिश्रले गाली गलौज, अपशब्द प्रयोग गरि धम्कीपुर्ण शैलीमा गरिएको दुव्र्यवहारको घटनाले कार्यालयका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको इज्जत मानप्रतिष्ठा माथी नै आँच आउने र कर्मचारीलाई काम गर्ने बातावरण नहुनुले ...
पाँच मिनेटको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा

पाँच मिनेटको घम्साघम्सीपछि हरिबहादुरले मारे आक्रमण गर्ने चितुवा

प्रदेश ५, समाचार, समाज
जमजुङ, ७ भाद्र – लमजुङको बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा आइतबार बिहानै चितुवा पस्यो। घरघर डुलेको चितुवाले बालबालिका र बाख्रालगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने ठानेर गाउँलेहरू डराए । तस्बिर : दीपक अधिकारीको फेसबुकबाट चितुवा भगाउन होहल्ला गरे । तैपनि चितुवाले गाउँ छाडेको रहेनछ । पौने आठ बजेतिर चितुवा स्थानीय हरिबहादुर थापाको घरछेउ आइपुग्यो ।गाउँमा बाँदर पनि आइरहन्थ्यो ।‘गाउँलेहरूले हैट‘ हैट‘ गरिरहेका थिए । घरछेउको गल्लीमा केही उफ्रिएजस्तो लाग्यो। बाँदर हो कि भनेर खले गराको डिलबाट गल्लीतिर हेरेकोमात्रै थिएँ, बुर्लुक्क उफ्रेर चितुवा पो ममाथि जाइलाग्यो,’ घाइते थापाले सेतोपाटीसँग भने, ‘पाँच मिनेटजति म र चितुवाबीच घम्साघम्सी भइरह्यो ।’उनको हातमा हँसिया रहेछ ।‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथो¥यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें । हँ...
अपडेटः ६ महिलासहित ८ जनामा कोरोना पोजेटिभ पुष्टि

अपडेटः ६ महिलासहित ८ जनामा कोरोना पोजेटिभ पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – बाँके जिल्लाका ६ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । आज आईतबार कोरोना पोजेटिभ पुष्टि हुनेमा कोहलपुरका २ जना, नरैनापुर गाउँपालिकाका १ जना र नेपालगन्जका ५ जना गरी जम्मा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा हालसम्म गरिएको पिसिआर परिक्षणमा ८ सय २९ जना संक्रमण पुष्टि भएको छन् भने ६ सय १४ जना निको भई डिस्चार्ज भईरहेका फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।...
डुडुवा गाउँपालिका सित सूचना माग

डुडुवा गाउँपालिका सित सूचना माग

प्रदेश ५, राजनीति, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ७ भाद्र – डुडुवामा खबरदारी गर्न नवगठित संघर्ष समितिले गाउँपालिकासँग आईतबार सुचना माग गरेको छ । गाउँपालिकामा सूचना अधिकारी को भन्ने यकिन नभएपछि सूचना माग गर्न गएको डुडुवा संघर्ष समिति केहीबेर अलमलमा परेको थियो । समितिका संयोजक तथा डुडुवा–६ का वडा अध्यक्ष मोहनराम मिश्रा कटाईका साथ प्रस्तुत भएपछि बताइएका सूचना अधिकारी संजयकुमार कर्णलाई सूचना माग निवेदन बुझाउँंदै सूचना माग गरिएको छ ।नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धीको ऐन २०६४ को दफा ३ अनुसार चार बुँदे निवेदनमार्फत गाउँपालिकासँग सूचना माग गरिएको संघर्ष समितिका प्रेस संयोजक सूर्यलाल यादवले जानकारी गराउनुभयो । तर सूचना माग गरेपछि गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले कुन कानून, कुन नियम अनुसार सूचना माग गएिको भन्दै समितिका सदस्यलाई हप्काउँदै अपशब्द समेत बोलेको समितिका सदस्य राजेन्द्र बिकले बताउनुभयो ।राष्ट्रिय...
सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष गुलाम हुसेन हलुवाइ “वारसी” फिरोजले समुदायलाई यसपटकको मोहर्रम पर्वलाई सुरक्षित भएर घर मै मनाउन अनुरोध गरेका छ्न । कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वलाई पनि घरमै मनाउनुकालागि आग्रह गरेका छ्न ।यसैगरी राति गरिने कुनै पनि कार्यक्रमहरु, भेला नगर्न वा ताजिया सेलाउन पालैपालो भिडभाड नगरी सुरक्षित तवरले कर्बला जान अध्यक्षले समुदायलाई अनुरोध गरेका छ्न ।...
चितवनमा योग र प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरिने

चितवनमा योग र प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरिने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, ७ भाद्र – चितवनका कोरोना संक्रमितहरूको उपचार अब योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने भएको छ । भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारी गरिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव भएको थियो । लक्षण नदेखिएका कोरोना संक्रमितका लागि ‘लेभल–ए’ अस्पतालका रुपमा गत चैतमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको भए पनि सरोकारवाला बीचमै आपसी खिचातानीका कारण तीन महिना नुग्दै बन्द गरिएको थियो । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ छ ।जनस्तरबाट व्यापक दबाब आएपछि भरतपुर महानगरपालिका र भरतपुर अस्पताललगायतका निकायहरूको समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो ।चिकित्सालयका प्रम...
आज वडा प्रहरीका ४१ जनासहित ४६ जना संक्रमण मुक्त भई घर फर्कदैं

आज वडा प्रहरीका ४१ जनासहित ४६ जना संक्रमण मुक्त भई घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – आज आईतबार बाँकेमा ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज आईतबार वडा प्रहरी कार्यालय नेपालगन्जका ४१ जना, नेपालगन्ज उपमहानगरपालिकाका ४ जना र कोहलपुरका १ जना गरि ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।आईतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २ सय ३ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाएका छन् ।...
भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

भन्सार सीमा नाकामा दैनिक भण्डारा जारी

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र – विश्व कोभिड–१९ को महामारीमा पीडित रहेको बेला सबै ठाउँमा सहयोगी मनहरुले सहयोग गर्ने गरेको उदाहरणहरु प्रसस्त पाईन्छ । त्यही सहयोगी मनहरुमा नेपालगन्ज भन्सार कार्यालय प्रा·णमा करीब एक महिनादेखि निरन्तर रुपमा सीमा नाकाबाट आवत–जावत गर्नेहरुलाई खाना (भण्डारा) खुवाउने कार्य गरिरहेको सहयोगी ध्रुब शर्माले बताउनुभयो ।सहयोगी शर्माका अनुसार रुपईडिहा सीमासँग जोडिएको सीमा नजिक रहेको भन्सार कार्यालय नेपालगन्जको प्रा·णमा जय गुरुदेव बाबाका भक्तहरुद्वारा एक महिनादेखि दैनिक रुपमा भण्डारा आयोजना हुँदै आईरहेको जनाउनुभयो । ढोढे गाँव बस्ने राजेश सोनीको भनाई अनुसार शुद्ध मन र भक्तीभावद्वारा सहयोग (दान) स्वीकार गरिएको छ । हामीले कसैलाई केही सहयोग गर्नुपर्छ भनी आजसम्म नभनेको र आउने दिनमा समेत कसैलाई भनिने छैन् ।सहयोगी सोनीका अनुसार हामीले कुनै सरकारी, गैरसरकारी, संघ, संस्था वा कार्यालयबाट...