समाचारको प्रभाव : ‘विवादित फुल्टेक्राको बाटो छिट्टै बन्ने’– वडाअध्यक्ष सिंह
नेपालगन्ज, १६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले विवादित भन्दै आएको फुल्टेक्रा चौक तथा नारायण बर्माको घरदेखि फुल्टेक्रा स्कूलको सीमानासम्म मंगलबार अनुगमन गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) को बाटो निर्माणका लागि मापदण्ड बमोजिम बाटो निर्माण हुने उहाँले आश्वासन दिंदै दिनुभयो ।
उपमहानगर प्रमुख डा. धवलशम्शेर राणाको उपस्थितिमा बिपिन रेग्मी, सन्तोषी सोनीतर्फ मापदण्ड बमोजिम नापी गर्दै । तस्वीरः सत्यमखबर
फुल्टेक्रा चौक (शिवमन्दिर) बाटो निर्माणका विषयमा उपमहानगरपालिका प्रमुख राणा, वडाअध्यक्ष समिरप्रताप सिंह, वडा सदस्यहरु सावित्री शर्मा अधिकारी, दिपक श्रेष्ठ, सुरेश सोनी, नारायण बर्मा, विपिन रेग्मी लगायतको बिच आज मंगलबार बिहान ११ बजे छलफल भई बाटो बनाउने विषयमा सहमति कायम गरिएको वडाअध्यक्ष सिंहल...









