Thursday, September 25सत्यम खबर
Shadow

कोरोना संक्रमित संख्यामा भारत विश्वमा १ नं.

नेपालगन्ज, (डेस्क) १४ भाद्र – भारतले कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको छ । एकै दिन ७८ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उसले नयाँ विश्व रेकर्ड कायम गरेको हो ।


कोरोना महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकै दिन यति धेरै संख्यामा संक्रमित फेला परेको यो पहिलोपटक हो ।
भारतले जुलाई १७ मा अमेरिकामा एकै दिन फेला परेका ७७ हजार २ सय ९९ संक्रमित संख्यालाई पछि पार्दै नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ ।
पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *