Friday, July 31सत्यम खबर
Shadow

समाज

वडाअध्यक्षको मनपरी, व्यक्तिगत रिसिबिले घर तोडेको आरोप

वडाअध्यक्षको मनपरी, व्यक्तिगत रिसिबिले घर तोडेको आरोप

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप लगाएका छन् ।नियम विपरीत नाला बनाउँदा आफ्नो घरको अघिल्लो भागमा क्षती पुगेको उनको भनाई रहेको छ । न्यूरोडबाट घरवारीटोल निस्कने उक्त सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले साढे ८ मिटर सडक फराकिलो बनाइरहेको छ । जसका कारण स्थानीयको धेरै क्षती भएको उनको भनाई छ । वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेर गरेको निर्णय आफैले उल्टाएर स्थानीयलाई दुख दिएको मौर्यको आरोप छ ।नाला बाटो बनाउनु भन्दा अगाडी सम्बन्धित वडाका जनप्रतिनिधि उपमहानगरका प्रतिनिधि, वडाबासी लगायतको सहभागितामा एउटा सहमति कायम गरिएको थियो । जस अन्तर्गत ७ मिटर भित्र नाला, बाटो बनाउने उल्लेख गरिएको भएतापनि वडाअध्यक्षले आफ्नो मनपरी तवरले शनिबारको दिनमा डोजर लगाई...
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

प्रदेश १, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ भाद्र – उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् । ‘उहाँहरू दुबै जना छाउनी गइरहनुहुन्छ । भित्र–बाहिर गर्ने एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भयो,’ स्रोतले भन्यो, ‘आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ । अब पिसिआर परिक्षण पनि हुन्छ होला ।’उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ ।भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापा कै कारण १८ गते बस्ने भएको छ ।यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो ।बैठकमा नेकपा विवाद समाधानको सुझाव दिन ग...
शुक्रबारसम्म थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

शुक्रबारसम्म थपिए ९ सय २७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – शुक्रबारसम्म देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । आज मात्रै १० हजार २ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पिसिआर गरिएको छ ।कोरोना संक्रमणले शुक्रबार मात्र १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।...
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगन्ज, १३ भाद्र – वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । यस्तै वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको डा. चौरसियाले बताए ।उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो । ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ ।यस्तै शुक्रबार राती नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयरबाट रिफर भएर काठमाडौं लाने क्रममा उनको बाटो मै मृत्यु भएको हो ।परिवारले पुरुषको मुग्लिङ नपुग्दै मृत्यु भएको अस्पताललाई जानकारी गराएका छन् । मृतक तीन जना कै शव नेपाली स...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदेश २, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धरान, १३ भाद्र – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश नम्बर २ सिरहाको भदैया ६ की ८४ वर्षीय वृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको राति ११ बजेर २० मिनेटमा निधन भएको हो । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएकी उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।‘उनको मिगौलाको समस्या आएपछि डाइलोसिस पनि गरिएको थियो । त्यसपछि उपचारका क्रममा मृत्यु भयो’– प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले भने ।उनलाई अत्याधिक खोकी लाग्ने, श्वास फेर्न समस्या र ज्वरो आएपछि परिवारले विपी प्रतिष्ठान ल्याएको थियो । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको कुल संख्या १६ पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।...
अपडेटः ४ महिलासहित १० जना घर फर्किदै

अपडेटः ४ महिलासहित १० जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज शनिबार १० जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला ४ र पुरुष ६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।फोकल पर्शन श्रेष्ठका अनुसार शुक्रबारसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुँदा आज शनिबारसम्म ९ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ७ सय ३ जना निको भई घर फर्किसकेका छन् ।विभिन्न आइसोलेसनमा २ सय ६७ जना उपचाररत रहेका छन् । ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ ।...
आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र – काठमाडौंस्थित आदिम कलेजले छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिए । ‘कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको हो’ प्रिन्सिपल शर्माले भने । सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईनेछ । ‘हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं’ दाहालले भने, ‘यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, हामीले अभिभावकहरुको समस्या पनि बुझ्नुपर्दछ ।’कलेजले विद्यालय तहमा कक्षा ११ र १२ म...
पूर्वमन्त्री राईद्वारा पुनः चुनौती, प्रष्टयाई गर्न नसके राजनीतिक जीवनबाट सन्यास

पूर्वमन्त्री राईद्वारा पुनः चुनौती, प्रष्टयाई गर्न नसके राजनीतिक जीवनबाट सन्यास

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज १२ भाद्र – आफ्नो मर्यादालाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बाँकेका क्षेत्र नं. २ का संघीय सांसद मोहमद ईस्तियाक राईले गलत निर्णय गरेका कारण भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको डेढ करोड रकम फ्रिज भएको आरोप लगाएका छन् । शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणाले भने,–‘सांसद मोहम्मद राईले उपमहानगरभित्र दिएको सम्पूर्ण योजना कार्यान्वयन गराउने तर सोही निर्णय कार्यान्वयन नगराउने भन्ने होइन, उहाँले रकम कोभिडको खातामा हाल्दिनालाई पत्र लेग्नु पर्ने थियो । उहाँले त्यसो गरेको भए कोलेनिकालाई पत्र लेख्दा उपमहानगर कोभिडको खातामा पैसा आउँथ्यो । तर भेरी अस्पतालको लागि भेन्टिलेटर किन्ने निर्णय गरिदिनु भए छ, त्यसो निर्णय उहाँले गर्न पाउनु हुन्न, सो निर्णयलाई कोलेनिकाले स्वीकार गर्ने अवस्था नै थिएन ।’ मेयर डा. ...
बृहत खजुरा सम्मेलनको स्मारिका विमोचन

बृहत खजुरा सम्मेलनको स्मारिका विमोचन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – बाँकेको खजुरा गाउँपालिकाले गत वर्ष कार्तिक ६ र ७ गते आयोजना गरेको बृहत खजुरा सम्मेलनको स्मारिका प्रकाशन गरी विमोचन गरेको छ ।खजुराको विकास र समृद्धिको महत्वपूर्ण आधारकारुपमा रहेको उक्त स्मारिका खजुरा गाउँपालिकाले आफ्नो सम्पत्तीका रुपमा ग्रहण गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बृहत खजुरा सम्मेलन व्यवस्थापन समिति संयोजक भक्तबहादुर केसीले शुक्रवार पालिका मै आयोजिक कार्यक्रममा संयुक्त रुपमा स्मारिका विमोचन गरेका छन् । सो अवसरमा बोल्दै खजुरा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले खजुरा सम्मेलनबाट पारित २१ बँुदे घोषणापत्रमा टेकेर खजुराको समृद्धि र विकासमा अगाडि बढ्ने बताए । उनले १५ वर्षमा खजुराको काँचुली फेर्न गाउँपालिकाले १५ वर्षे गुरुयोजना बनाएर अगाडि बढाएको बताए । अध्यक्ष कक्षपतिले सम्मेलन...
एसपी रानाको एकपछि अर्को सराहनीय कार्य, १० लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

एसपी रानाको एकपछि अर्को सराहनीय कार्य, १० लाख फिरौती माग्ने अपहरणकारी पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – बाँके जिल्लामा सरुवा भई आएको करीब अढाई महिना हुन लाग्दा जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर रानाले नेपालगन्ज बासीमा आफ्नो ध्यान केन्द्रित गर्ने योग्य एक–पछि अर्को सराहनीय कार्य गर्दै आएका छन् । बाँके जिल्ला अदालतबाट मुद्दा फर्चौट भई १०० बढी फरार अभियुक्त पक्राउ गरि कारागार चलान गराई सकेका प्रहरी प्रमुख एसपी रानाले कोरोना कालमा जनता माझ कसरी सचेतना अपनाउन सकिन्छ र कोभिड–१९ रोकथाम गर्न के उपयुक्त छ भन्ने सन्देश समेत फैलाउने कार्य गरेका छन् ।यस्तै सराहनीय कार्यहरुमा आज शुक्रबार पत्रकार सम्मेलन मार्फत पुनः नातामा साला पर्ने अपहरण गर्ने भिनाजु पक्राउ परेका छन् । प्रहरी प्रमुख एसपी रानाका अनुसार ससुरासँग ४ लाख ८५ हजार नगर रहेको थाहा जानकारी पाएपछि नेपालगन्ज–१६ निवासी कल्लू भन्ने कलिम खाँले आफ्नै १३ वर्षीय साला इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका छन् ।...