Thursday, September 25सत्यम खबर
Shadow

सडक दुर्घटनामा शिक्षकको मृत्यु

नेपालगन्ज, १४ भाद्र – बाँकेमा दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा मा.बि. मा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देबकोटाको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उहाँले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उहाँको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।


आज आईतबार बिहान ३ बजे उहाँको कुसुम घर नजिक छिमेकीको बच्चालाई सर्पले डसेपछि उहाँले उद्दारका लागि नेपालगन्ज ल्याउँदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
बच्चाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चाको आमाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र चालकलाई नियन्त्रण लिएर अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याइएको छ ।
शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याईएको थियो भने अहिले परिवारले उहाँको शव बुझेर लगिसकेका जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *