Thursday, September 25सत्यम खबर
Shadow

आज ताजिया बिर्सजन गरिने

नेपालगन्ज, १४ भाद्र – मोहर्रम पर्वमा शनिबार रातभरी जागरण गरि दुरुद फातिहा लगायत धार्मिक परम्परा अनुसार मनाईएको छ ।


विश्वभर कोभिड–१९ को महामारी फैलिएको अवस्थामा समेत धार्मिक सद्भावलाई मध्यनजर गरी मोहरर्म पर्वलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई मनाएका छन् । नेपालगन्ज सहित जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरसको जोखिम उच्च देखेपछि मोहरर्म पर्वलाई घर मै मनाउन संयुक्त मोहरर्म समितिले पर्व अगावै पत्रकार भेटघाटमा जानकारी गराईसकेको थियो ।
अरबी पात्रो अनुसार १४४२ हिजरी अर्थात इस्लाम धर्मवलम्बीहरुको नयाँ वर्ष एवं मोहरर्मको ९ तारीख अर्थात भाद्र १३ गते विभिन्न स्थान र घरघरमा मुस्लिम परम्परा अनुसार ताजिया राखिने तथा भाद्र १४ गते स्थानीय कर्बलामा बिसर्जन गरिएको छ ।

प्रत्येक वर्ष झै यस वर्ष पर्वमा भब्यता नभएपनि स्थानीय प्रशासनको सहयोगमा मोहर्रम पर्व मनाउन पाउनु नै ठूलो कुरा भएको जिकिर गर्दै फुल्टेक्राका मोहम्मद हनिफ बागवानले मोहरर्म पर्वमा पुर्खौदेखि परम्परा अनुसार चौकमा ताजिया राखिने, रातभरी जागाराम बस्ने, बिहानको नमाज पढ्ने लगायत कार्य सम्पन्न पश्चात स्थानीय कर्बलामा राखिएको ताजियालाई बिर्सजना बिसर्जन गरि सम्पुर्ण कार्यक्रम समापन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *