Thursday, March 12सत्यम खबर
Shadow

नरैनापुरमा आज सार्वजनिक बिदा

नरैनापुर, १४ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज आईतबार सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आज आईतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताउनुभयो ।


कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नुभएको छ ।
उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घर मै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *