नेपालगन्ज, १३ भाद्र – नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ ।
अनलाईन खोजखवर मिडिया पार्टनर रहेको यो अभियानमा क्लिनिकले शनिबार आफ्नै कार्यालय अगाडी सडकमा हिड्ने सर्वसाधरण आम नागरिकहरुलाई मास्क, चाउचाउ तथा खानेपानी वितरण गरेको क्लिनिक सञ्चालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी गराउनुभयो ।
उहाँका अनुसार, करिब चार सयजनालाई मास्क वितरण गरिएको छ । कोरोन भाइरस महामारीका बीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।
यसअघि क्लिनिकले जमुनाह नाकादेखि धम्बोझी चौकसम्म सड्कमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन डी, विष्कुट र खानेपानी वितरण गरेको थियो । यो अभियानमा जावेद खाँन र वसिम अन्सारीले सघाइरहेका छन् ।